Nepal Life Insurance

भारतीय बीमा बजारमा निजी क्षेत्रको लगानी बढ्दो

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार १४:४५

सागर चन्द

विस्तारित हुँदै भारतिय बीमा बजार

/एजेन्सि/
भाद्र ३०, काठमाडौँ ।
दक्षिण एसियामा बीमाको सुरुवात भारत बाटै भएको मानिन्छ । सन् १८१८मा बेलायती बीमा कम्पनी ओरियन्टल लाईफ इन्स्योरेन्सको भारतमा स्थापना संगै भारतमा बीमा व्यवसायको आधुनिक इतिहास सुरु हुन्छ । यद्यपी यो बेलायती कम्पनी सन् १९३४ सम्म आईपुग्दा पुर्णतया विफल भएको मानिन्छ । त्यसपछि भारतमा विभिन्न कम्पनीहरुले बीमा व्यवसाय संञ्चालन गर्न भने नखोजेका होइनन् । तर बेलायती साम्राज्यको अधिनस्थ रहेको भारतमा १९ औँ शताब्दीको अन्ततिर केही बेलायती बीमा कम्पनीले भने उल्लेख्य प्रगति गरेको पाईन्छ । सन् १९१४मा आएर भारत सरकारले भारतीय बीमा कम्पनीहरुको विवरण प्रकाशन गर्न सुरुवात गरेसंगै भारतिय जीवन बीमा कम्पनीको लागि बीमा ऐन १९१२को प्रारंम्भ भएको पाईन्छ । त्यसैगरि भारतमा निर्जीवन बीमाको सुरुवात भने ट्राईटन इन्स्योरेन्स कम्पनीले गरेको थियो । भारतको पहिलो निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित यो बीमा कम्पनीले निर्जीवन बीमा क्षेत्रका सबै व्यवसायहरु गर्ने अनुमति प्राप्त गरेको थियो ।

वर्तमान अवस्था

भारतीय बीमा बजार दक्षिण एसियको सबैभन्दा ठूलो बीमा बजारको रुपमा उदाँउदो छ । यहाँको आन्तरिक जीवन बीमा बजारले सन् २०१५÷१६मा २०.३४ अर्ब अमेरिकी डलर प्रिमियम (बीमा शुल्क) संकलन गर्दै २२.५५ प्रतिशतको बार्षिक बृद्धीदरमा आफुलाई पु¥याएको छ ।
सन् २०१६मा ६८.८८ अर्ब अमेरिकी डलर बराबरको-

बजार रहेको भारतीय बीमा बजारलाई भारत सरकारले सन् २०२० सम्ममा २ सय ८० अर्ब अमेरिकी डलर राशिमा पु¥याउने महत्वकांक्षि योजना सार्वजनीक समेत गरिसकेको छ । भारतीय बीमा व्यवसायमा २३ वटा निजी क्षेत्रका कम्पनी र १ सरकारी स्वामित्वको कम्पनी सहित २४ वटा जीवन बीमा कम्पनीले व्यवसाय संञ्चालन गर्दै आएका छन् । त्यसैगरि ६ वटा सरकारी स्वामित्वका कम्पनी सहित २२ वटा निजी क्षेत्रका कम्पनीहरु निर्जीवन बीमा व्यवसायमा संल्गन रहेका छन् । भारतको पुर्नबीमा कम्पनी भने सरकारी स्वामित्वमा संञ्चालित कम्पनी हो ।
भारतीय बीमा बजारलाई सन् २०२० सम्ममा २ सय ८० अर्ब अमेरिकी डरलर पु¥याउने भनरिहँदा ४६ वटा निजी क्षेत्रका कम्पनी सहितको बजार रहेको भारतीय बीमा क्षेत्रमा सरकारी स्वामित्व रहेको लाईफ इन्स्योरेन्स कम्पनी एक्लैले ७२.६१ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २००५ देखि २०१६ सम्म आईपुग्दा भारतिय बीमा बजारको कम्पाउन्ड एन्युयल ग्रोथ रेट १०.४९को हाराहारीमा रहेको छ ।

जीवन बीमा बजार

सन् २००२ देखी २०१६ सम्ममा भारतिय जीवन बीमा क्षेत्रले १२.४९ प्रतिशतको कम्पाउन्ड एन्युयल ग्रोथ रेटमा आफुलाई अगाडी बढाएको छ । त्यसैगरि सन् २०१६ सम्ममा भारतका ३.४ प्रतिशत नागरिक मात्रै जीवन बीमाको दायरामा छन् । जीवन बीमा क्षेत्रमा लगानीको अवस्था नियाल्ने हो भने, सन् २००३मा रहेको ११.५ अर्ब अमेरिकी डलरमा सरकारी क्षेत्रको ९८ प्रतिशत लगानी थियो भने निजी क्षेत्रको २ प्रतिशत मात्रै रहेको थियो । तर सन् २०१६ सम्म आइपुग्दा भने अवस्थामा धेरै परिवर्तन नभए पनि निजी क्षेत्रको लगानीमा भने केही बृद्धि भएको छ । हाल रहेको ६१.७८ अर्ब अमेरिकी डलरमा निजी क्षेत्रले २७.८४ प्रतिशत हिस्सा ओगटेको छ भने बाँकी ७२.१६ प्रतिशत अझै सरकारी स्वामित्वमा रहेको छ ।
निर्जीवन बीमा

निर्जीवन बीमा व्यवसायलाई हेर्दा सन् २००५ देखी सन्२०१६ सम्मा आईपुग्दा ११.०५को हाराहारीमा कम्पाउन्ड एन्युयल ग्रोथ रेट देखिएको छ । सन् २००६मा ५१.१ लाख निर्जीवन बीमालेख जारी गरेका निर्जीवन बीमा कम्पनीले सन् २०१६ सम्म आईपुग्दा १ सय २२ लाख बीमालेख जारी गरेका छन् । त्यसैगरि निर्जीवन बीमाको पेनिट्रेसन सन् २००४मा ०.६४ प्रतिशत रहेको थियो भने सन् २०१५ सम्म आईपुग्दा यो ०.७ प्रतिशतमा पुगेको छ । भारतमा निर्जीवन बीमाको सबैभन्दा ठूलो हिस्सा सवारी साधन बीमाले ओगटेको छ । सम्पूर्ण बजराको ४३.८९ प्रतिशत हिस्सा सवारी बीमाको रहेको छ । भने स्वास्थ्य बीमाको २८.४९ प्रतिशत बजार हिस्सा रहेको छ ।

निर्जीवन बीमा क्षेत्रमा सन् २००४मा १५ प्रतिशत निजी क्षेत्रको र सरकारी क्षेत्रको ८५ प्रतिशत लगानी रहेको थियो । हाल भारतिय निर्जीवन बीमामाको १३.३५ अर्ब अमेरिकी डलर कुल लगानीमा निजी क्षेत्रको ४५.४ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पार्दै सरकारी क्षेत्रलाई ५४.६ प्रतिशतमा झारेको छ । निजी क्षेत्रको लगानीमा बृद्धि भएसंगै प्रिमियम संकलनमा पनि बृद्धि भएको तथ्याकंहरुले देखाएका छन् । सन् २००५मा निजी क्षेत्रको प्रिमियमा संकलन ०.८ अर्ब अमेरिकी डलर रहेको थियो भने सन् २०१६ मा २०.२८ प्रतिशतले बृद्धि भएर ६.१ अर्ब अमेरिकी डलर पुगेको छ । निर्जीवन बीमाको सबैभन्दा ठूलो बजार हिस्सा अझै पनि सरकारी स्वामित्को युनाईटेड इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कुल बजारको ३२.५६ प्रतिशत हिस्सामा अझै पनि युनाईटेडको कब्जा रहेको छ ।

निजी क्षेत्रको सबैभन्दा धेरै बजार हिस्सा ओगटेको न्यु इन्डीया कम्पनीले कुल बजारको १५.७२ प्रतिशत बजार हिस्सा ओगट्दै दोस्रो स्थानमा रहेको छ । त्यसो त विज्ञहरुका अनुसार भारतमा निजी क्षेत्रका निर्जीवन बीमा कम्पनीले सोचे अनुरुपको प्रगती अझै गर्न सकेका छैनन् । सन् २०१५मा भारतमा ३२ लाख कृषकले कृषि बीमा गराएको तथ्याकं छ, जुन भारतका कुल किसानको १९ प्रतिशत मात्रै हो । त्यसो त भारत सरकारको बृषि बीमा परियोजना अन्र्तगत मात्रै सन् २०१६मा १०.५ लाख कृषकले बीमा गराएको तथ्यांक छ । त्यसैगरि कृषि बीमा बाट मात्रै सन् २०१६मा १९.४१ लख अमेरिकी डलर संकलन भएको छ । यस संगै भारतमा प्रधानमन्त्री फसल बीमा योजना पनि संञ्चालन गरिएको छ ।


यो पनि पढ्नुहोस

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....