Nepal Life Insurance

बलिउड : उदाउँदो बीमा बजार

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार १५:०४

Beema News

भदौ ३१, काठमाडौँ ।

भारतमा सिनेमा निर्माणको सुरुवात सन् सन् १९१३ मा भएको थियो । व्यवसायीक सिनेमा निर्माणको कालखण्ड सन् १९३१बाट सुरुवात भएको थियो । व्यवसायीक सिनेमा निर्माण र प्रर्दशनको सुरुवाती कालमै विभिन्न ३० वटा भाषामा ६७ हजार भन्दा धेरै सिनेमा निर्माण भएको तथ्याकं पाईन्छ । सिनेमा निर्माणको सिलसिला सन् २००१ सम्म आईपुग्दा बार्षिक १ हजार १३ फिल्म निर्माण भएको रेर्कड छ । बर्षेनि बढ्दो सिनेमा निर्माणको लहरले बलिउडलाई धेरै  सिनेमा निर्माण गर्ने उद्योगको सूचिमा पहिलो स्थानमा ल्याईपु¥यो । भारतको आन्तरिक बजारमा सन् २००१मा ३६ अर्ब भारतिय रुपैँयाको व्यापार भएको बक्स अफिसको तथ्यांकले देखाएको छ । सिनेमा प्रर्दशनि बाहेक सिनेमाले संगित, टेलिभिजन ब्रोडकास्टिगं राईट, कर्पोरेट  स्पोन्सरसिप र विदेशमा विक्रि गरेर करिब ४५ अर्ब भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको बताईन्छ ।

सिनेमा निर्माणको क्रम बढिरहँदा सिनेमा निर्माणको लगानी पनि बढ्दो छ । सिनेमा निर्माताहरुको लगानी बृद्धि भएसंगै जोखिम पनि बढिरहेको छ । विश्वका अन्य ठूला सिनेमा उद्योगहरुमा जस्तै भारतमा पनि सिनेमाको बीमा गर्ने प्रचलन बढिरहेको छ ।
सुरुवाति चरणमा सिनेमाको बीमा गर्नु निर्माताहरुका लागि अतिरिक्त आर्थिक भार ठानिन्थ्यो । तर पछिल्ला दशकमा भने सिनेमा निर्माताहरु सिनेमा बीमा गर्न उत्साही देखीदैँ गएका छन् । सन्  १९९९ मा बनेको सिनेमा तालको बीमा नै भारतको पहिलो सिनेमा बीमाको रुपमा लिइन्छ । सुरुवाति समयमा निर्माण लागतको ६ प्रतिशत प्रिमियम (बीमा शुल्क) तिर्नुपर्ने भएकाले सिनेमा निर्माताहरु बीमा गराउन अनिच्छुक देखिएका थिए । निर्माण लागतको ६ प्रतिशत बीमा शुल्क तिर्नु भारतीय सिनेमा निर्माताहरुका लागि अत्याधिक भार भएको भन्दै बीमा कम्पनीले बीमा शुल्कमा कटौती गरेका छन् । पछिल्लो समय निर्माण भएका सिनेमाहरुले कुल लागतको एक देखी १.५ प्रतिशत बीमा शुल्क तिरेर बीमा गर्ने गरेका छन् ।

उदाहरणको रुपमा ३० लाख रुपैयाँ उत्पादन लागत रहेको सिनेमाले करिब ५ लाख रुपैयाँ मात्रै बीमा शुल्क भुत्तान गरेमा बीमा गर्न सकिन्छ । यो रकम  कुल लागतको १.५ प्रतिशत मात्रै हो ।  हरेक बर्ष भारतमा ७ सय देखी ८ सय सिनेमा निर्माण हुने गरेका छन् । बार्षिक १ अर्ब अमेरीकी डलर भन्दा धेरैको व्यवसाय हुने भारतीय सिनेमा उद्योगका ५० प्रतिशत सिनेमाहरुले १ देखी १.५ प्रतिशत बीमा शुल्क तिररे बीमा गर्ने गरेका छन् । बीमा कम्पनीले सिनेमाको बीमा गरेर बार्षिक ०.२४ अर्ब देखी १.२४ अर्ब अमेरीकी डलर  बीमा शुल्क  संकलन गर्छन् ।

आरबिआईले सन् २००० सिनेमा निर्माणको लागि बैंकहरुलाई ऋण दिने अनुमति दिएको गरेको थियो । बैंकबाट ऋण लिएर सिनेमा निर्माण गर्नेहरुले अनिवार्य बीमा गराउनु पर्ने निएम रहेको छ ।

 

खलनायक सिनेमाको सुटिगंका दौरान संञ्जय दत्त पक्राउ पर्दा उत्त सिनेमाका निर्माता सुभाष घईले ठूलो आर्थिक नोक्सानीको सामना गनु प¥यो । त्यसपछि उनले आफ्नो  अर्को  सिनेमा तालको लागि १.५ लाख रुपैँया बीमा शुल्क तिरेर बीमा गर्ने निर्णय गरे । ताल सिनेमाको कुल निर्माण लागत १ सय १० लाख भारतीय रुपैयाँ रहेको थियो । भारतीय सिनेमा उद्योगमा यो घटाना पश्चात सिनेमा निर्माताहरु सिनेमा बीमा गर्न उत्साहित भएको पाइन्छ ।

यशराज फिल्मसको ब्यानरमा निर्मित बहुचर्चित सिनेमा महोबतेंको १ सय ५० लाख भारतिय रुपैयाँमा बीमा गरिएको थियो । त्यसैगरि आमिर खान अभिनित लगान सिनेमा पनि १ सय ५० लाख भारतीय रुपैयाँमा बीमा गरिएको थियो । यसका साथै कभि खुसि कभि गम, अशोका, दिल चाहता है, इक और इक एघार लगायतका चर्चित सिनेमा पनि बीमाको दायरामा आएका थिए् । चल्ते चल्ते, मै हुँ ना, गंगाजल, जस्ता सिनेमाको पनि बीमा गरिएको थियो ।

भारतमा सिनेमा बीमा गराउने एउटै कम्पनी रहेको छ । युनाईटेड इन्डीया इन्सुरेन्स कम्पनी । भारतका चर्चित सिनेमा निर्माता यशराज चोपडाको सिनेमा सुटिगंका क्रममा ऐश्वर्या राय दुर्घटनामा परि घाईते भएकी थिईन् । उत्त दुर्घटनाले सिनेमाको निर्माण लागत बृद्धि भएको भन्दै निर्माता चोपडाले ३.५ लाख भारतीय रुपैयाँको दाबी माग गरेको घटना भारतमा सिनेमा बीमाको चर्चित घटनाका रुपमा लिइन्छ ।

भारतमा सिनेमा बीमाको लागि मार्ग निर्माणमा भारतीय रिर्जभ बैंक(आईआरबि)को पनि महत्वपूर्ण योगदान रहेको छ । आरबिआईले सन् २००० सिनेमा निर्माणको लागि बैंकहरुलाई ऋण दिने अनुमति दिएको थियो । बैंकबाट ऋण लिएर सिनेमा निर्माण गर्नेहरुले अनिवार्य बीमा गराउनु पर्ने निएम रहेको छ । भारतीय सिनेमा विश्लेषकहरुका अनुसार विभिन्न कारणले कलाकार तथा निर्देशक जेल जाने क्रम बढेपछि निर्माताहरु सिनेमाको बीमा गर्न इच्छुक भएको बताउँछन् ।

सिनेमा बीमामा सामेल हुने जोखिमहरु
बीमा कम्पनीहरुले भारतमा सिनेमाको बीमा अन्र्तगत बन्द, हडताल, प्रतिकुल मौसम, यातायात अवरोध जस्ता कारणले सिनेमालाई नोक्सानी भएमा क्षतिपुर्ति प्रदान गर्दै आएका छन् । यसका साथै सिनेमामा काम गरिरहेका व्यक्तिहरु सुटिंगका क्रममा दुर्घटनामा परेमा पनि क्षतिपूर्ति प्रदान गरिन्छ । मूख्य कलाकार,महत्वपूर्ण सहायक कलाकार, टेक्निसियन,निर्देशक आदि दुर्घटनामा परि सिनेमाले घाटा व्योहोर्नु परेमा । सिनेमा निर्माणका क्रममा निर्माण गरिएको सेट, उत्पादन सामाग्री, सिनेमा रिल लगायतका समाग्रीमा क्षति भएमा पनि क्षतिपूर्ति प्रदान गरिन्छ  । सिनेमा बीमामा अझै पनि हिन्दी भाषाका सिनेमाहरु मात्रै सामेल भईरहहेका छन् ।

बीमा कम्पनीले अझै पनि अन्य भाषामा निर्माण हुने सिनेमाको बीमा गर्न सकेका छैनन् । त्यसो त भारतको सिनेमा बीमा बापत तिर्नुपर्ने बीमा शुल्कलाई अन्य मुलुकको तुलनामा निकै नै न्युन मानिन्छ । अन्य मुलुकमा कुल लागतको ४ देखी ६ प्रतिशत प्रिमियमको रुपमा भुत्तानी गर्नु पर्छ । तर भारतमा भने १ देखी १.५ प्रतिशत मात्रै बीमा शुल्क भुत्तानी गर्दा बीमा गर्न सकिन्छ ।

ठूला तथा साना ब्यानरमा बर्षेनि निर्माण हुने हजारौँ सिनेमाहरु सधै बक्स अफिसमा सफल नभएका तथ्य पनि छन् । यस्तो अवस्थामा बक्स अफिस पनि बीमाको दायरामा ल्याउनु पर्ने बहसको बिषय बन्न थालेको छ । तर बक्स अफिसको बीमा गर्नको लागि बीमा कम्पनी तथा सिनेमा निर्माताले यसका विविध पक्षहरुको मिहिन विश्लेषण गर्दै निर्णयमा पुग्नु पर्छ ।

 

(अनुराग द्धिवेदीद्धारा लिखित फिल्म इन्सुरेन्स इन इन्डीया आलेखको आधारमा सागर चन्दले तयार पार्नुभएको लेख ।)

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....