Nepal Life Insurance

साताको पहिलो दिन शेयरमा सामान्य सुधार, बीमा समुह ४३ दशमलब १४ अंकले बृद्धि

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार १६:०३

Beema News

बीमा न्युज,
असोज १, काठमाडौं \ साताको पहिलो दिन आइतबार शेयर बजारमा बीमा समुह सामान्य अंकले बढेको छ । समग्र नेपाल स्टक एक्चेन्जमा पनि १७ दमलब ६३ अंकले बृद्धि हुदाँ १५ सय ४७ दशमलब ९४ विन्दुमा पुगेर रोकिएको हो ।

बीमा समुह पनि ४३ दशमलब १४ अंकले बृद्धि भएर आठ हजार पाँच सय ५८ दशमलब ९७ अंकमा पुगेको छ । शुन्य दशमलब ५१ प्रतिशत अंकले परिर्वन हुदाँ बीमा समुहको १५ करोड ८८ लाख ४० हजार कारोबार भएको छ ।

 

नेप्सेमा धेरै कारोबार गर्ने १० वटा कम्पनीको सूचिमा तीन बीमा कम्पनी रहेका छन् । सात करोड ८५ लाख ४२ हजार रुपैंयाको सेयर कारोबार भएर नेपाल लाइफको प्रमोटर शेयर सूचीको पहिलो स्थानमा बसेको छ । नेपाल लाइफकै सार्वसाधरण शेयर कारोबारको आधारमा दोस्रोमा रहेको छ । जसको कारोबार लगभग चार करोड बराबर भएको छ । त्यस्तै एशिएन लाइफको पनि एक करोड ७० लाख बराबरको कारोबार भएको छ ।

 

आइतबार कारोबार संख्याका आधारमा नेपाल लाइफ मात्रै सुचिको दोस्रो स्थानमा छ ।  आइतबार बीमा समुहमा कमाउनेको सुचिमा कुनै पनि कम्पनी परेका छैनन् भने गुमाउने बीमा कम्पनीमा नेपाल लाइफको प्रमोटर शेयर मात्रै रहेका छन् ।

 

आइतबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५९ कम्पनीका १६ लाख ५४ हजार चार सय ८२ कित्ता सेयरहरु सात हजार २५ वटा कारोबारबाट ७७ करोड ८० लाख ९९ हजार चार सय ३५ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....