७० प्रतिशत दाबी अग्नि बीमाको मात्रै
बीमा न्युज,
असोज २, काठमाडौ । तराई क्षेत्रमा आएको बाढीले पु¥याएको क्षतिको दाबी बढ्दै गएको छ । बीमा समितिमा प्राप्त भएको पछिल्लो तथ्यांक अनुसार बाढीका कारण कम्पनीहरुमा सवा दुई अर्ब बराबरको दाबी परेको छ । प्राप्त सुचना तथा प्रारम्भिक निरिक्षण बमोजिम ६१७ वटा दाबी बापत उक्त रकम बराबरको दाबी परेको हो ।
तथ्यांक अनुसार कम्पनीहरुमा परेको दाबीमध्ये अग्नि बीमा दाबीको संख्या अधिक छ । कम्पनीहरुमा हालसम्म २८९ वटा अग्नि बीमा दाबी परेको जसबापत एक अर्ब ५० करोड रुपैयाँ दाबी पर्ने अनुमान गरिएको छ । यो रकम कुल दाबी रकमको करिब ७० प्रतिशत हो । त्यस्तै, कम्पनीहरुमा ११५ वटा मोटर बीमा दाबी परेको छ । जसबापत एक करोड ७१ दाबी रकम अनुमान गरिएको छ ।
इन्जिनियरिङग बीमा (निर्माणधिन आयोजना) अन्र्तगत ९९ वटा दाबी परेको छ । जसबापत कम्पनीहरुमा ५० करोड ६७ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङग बीमा (निर्माण सम्पन्न भै सकेको आयोजना) अन्र्तगत भने ३७ वटा दाबी बराबर आठ करोड ४४ लाख रुपैयाँ दाबी परेको छ ।
कम्पनीहरुमा तीन वटा सामुन्द्रिक बीमामा दाबी परेको छ । जसबापत ६४ लाख ५० रुपैयाँ अनुमानित दाबी परेको हो । त्यस्तै, बाली बीमा अन्र्तगत २६ वटा बाली र ४८ वटा पशु दाबी परेको छ । जसबापत क्रमश ३० लाख ६० हजार र २ करोड ८९ लाख रुपैयाँ अनुमानित दाबी परेको छ ।
गत साउनमा परेको अविरल बर्षाका कारण बाढी, पहिरो र डुबानबाट १५९ जनाको मृत्यू भएको थियो । गृह मन्त्रालयका अनुसार भदौ ११ गतेसम्ममा प्राप्त भएको तथ्यांक अनुसार २८ जना वेपत्ता र ४५ जना घाईते भएका थिए भने ४३ हजार ४३३ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । १ लाख ५८ हजार १९७ घर आंशिक रुपमा क्षति पुगेको तथ्यांकले देखाएको छ ।
बाढी कारण क्षति पुगेको स्थानमा कम्पनीहरुले सर्भेयर पठाएको विमकहरुले जनाएका छन् । यसका साथै पुर्नबीमा कम्पनीबाट आएका सर्भेयरहरु पनि क्षतिको मूल्यांकनमा खटिएका छन् । सर्भेयरले सम्पूर्ण क्षतिको मूल्यांकन गरेपछि मात्रै बास्तविक क्षतिको आंकलन गर्ने सकिने समितिका निर्देशक राजु रामण पौडेलले बताउनुभयो । “सर्भे गर्दै जाँदा कतिपय दाबी भुक्तानी गर्नुपर्ने पनि हुन्छ, कतिपय क्षति अनुमान गरिए भन्दा पनि बढी हुन्छ,” उहाँले भन्नुभयो ।