Nepal Life Insurance

सन लाइफ नेपालले लियो कारोबार अनुमती

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार ०६:३६

Beema News

बीमा न्युज,
असोज २, काठमाडौं । बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको अनुमती पाएका कम्पनीहरुले धमाधम कारोबार अन्तिम स्वीकृति लिन थालेका छन् । यसै क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति पाएको छ । कम्पनीले गत शुक्रबार समितिबाट कारोबार लागि अन्तिम स्वीकृति लिएको हो ।


कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा रहने भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको कम्पनीले जनाएको छ । त्यस्तै, असोजको पहिलो साता नै औपचारिक कारोबार शुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

 

जीवन बीमा व्यवसाय सञ्चालनको लागि अर्थमन्त्रालयबाट १० जीवन बीमा कम्पनीलाई सैद्धान्तिक सहमती पाएका थिए । जसमध्ये चारवटा कम्पनीले कारोबारको अन्तिम स्वीकृति लिई सकेका छन् भने आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले भदौ १ गते कारोबार शुरु गरि सकेको छ । त्यस्तै, ज्योति लाईफ र रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले पनि दशै अगाडी नै औपचारिक कारोबार शुरु गर्ने तयारी गरेका छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....