Nepal Life Insurance

भारतीय जीवन बीमा बजारले १५ प्रतिशतको बृद्धि गर्ने आंकलन

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार १२:५५

सागर चन्द

असोज ३, काठमाडौँ ।

भारतीय जीवन बीमा कम्पनीलहरुको बजार  सन् २०१६—१७ मा १२ देखि १५ प्रतिशत बृद्धि हुने देखिएको छ ।  जीवन बीमा कम्पनीहरुले प्रिमियम (बीमा शुल्क) संकलनमा १२ देखि १५ प्रतिशतले बृद्धि गर्ने बताईएको छ । आईसिआरए (इन्भेस्मेन्ट इन्र्फमेसन एण्ड क्रेडिट एजेन्सी) ले गरेको एक अध्ययनका अनुसार आर्थिक बर्ष २०१५ मा ९ प्रतिशतले गिरावट आएको भारतिय बीमा बजारमा सन् २०१७मा भने केही सुधार देखिने अपेक्षा गरिएको छ । अझै केही बर्षसम्म भारतीय बीमा बजारले १५ प्रतिशतसम्मको बृद्धि हासिल गर्ने आंकलन गरिएको आईसीआरएको अध्ययनमा उल्लेख गरिएको छ
८ वटा नीजी स्वामित्वका र १ सरकारी स्वामित्वको बीमा कम्पनी गरि कुल ९ वटा जीवन बीमा कम्पनीका आर्थिक विवरण अध्ययन पश्चात सार्वजनिक गरिएको उक्त प्रतिवेदनले भारतीय बीमा बजारमा सन् २०१४—१५ देखिएको आर्थिक संकुचन अब केही बर्षका लागि अन्त्य हुने बताएको छ । अध्ययन गरिएका ९ वटा जीवन कम्पनीले भारतीय जीवन बीमा बजारको ९२ प्रतिशत हिस्साको प्रतिनिधित्व गर्छन् ।
आईसीआरएकाअनुसार सन् २०१३—१४ मा जीवन बीमा कम्पनीको प्रथम प्रिमियम संकलनमा १२ प्रतिशतले बृद्धि देखिए पनि सन् २०१४—१५मा प्रथम प्रिमियम संकलन ५ प्रतिशतमा झर्न पुगे संगै बीमा उद्योग १ हजार १ सय ३१ अर्ब भारितय रुपैयाँमा सिमित हुन पुगेको थियो ।
सन् २०१४—१५ मा नीजी क्षेत्रका बीमा कम्पनीले नयाँ बीमालेखबाट मात्रै कुल प्रिमियको १८ प्रतिशत रकम संकलन गरेका थिए् भने सरकारी स्वामित्वको एलआईसी १३ प्रतिशतमा मात्रै सिमित हुन पुगेको थियो । नीजी क्षेत्रले प्रयोगमा ल्याएको बैंकास्योरेन्स नीजी क्षेत्रका लागि निकै फलदायी देखिएको समेत आईसिआरएले बताएको छ ।
आईसीआरएकाअनुसार आगामी ५ बर्षमा भारितिय बीमा कम्पनीहरुको पुँजी ६० देखि १ सय ९५ अर्ब भारतीय रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....