Nepal Life Insurance

विश्वकै सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने १० देशहरु

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार १३:५६

सागर चन्द

एजेन्सि/काठमाडौ

विश्व अर्थतन्त्रको एक प्रमुख हिस्सा बनेको छ बीमा व्यवसाय । सन् २०१६मा विश्वव्यापी रुपमा जीवन बीमाको प्रिमियम संकलनमा सन् २०१५को तुलनामा ४ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरि निर्जीवन बीमाको प्रिमियम सकंलनमा ३.८ प्रतिशतले बृद्धि भएको छ । यिनै तथ्यहरुलाई केन्द्रित गर्दै स्विस रे नामक आर्थिक संस्थाले विश्वभरका १ सय ४७ देशको बीमा व्यवसायको अवस्था विश्लेषण गर्दै सन् २०१५ मा सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने मुलुकहरुको सूचि सार्वजनिक गरेको छ ।

१. संयुक्त अधिराज्य अमेरीका 

विश्व बीमा बजारको २८.९० प्रतिशत हिस्सा ओगट्दै संयुक्त अधिराज्य अमेरिका सन् २०१५मा सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने मुलुक बनेको छ । अमेरिकाले सन् २०१५ मा १३ लाख १६ हजार ७ सय २१ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ ।  कुल प्रिमियममा जीवन बीमाको योगदान ५ लाख ५२ हजार ५ सय ६ लाख अमेरीकी डलर रहेको छ, भने निर्जीवन बीमाको योगदान् ७ लाख ६३ हजार ७ सय ६६ लाख अमेरीकी डलर रहेको छ । सन् २०१५ मा अमेरिकन निर्जिवन बीमा व्यसायमा ३.६ प्रतिशतले बृद्धि भएको छ भने, जीवन बीमा व्यवसायमा ३.६ प्रतिशतले बृद्धि भएको छ ।

२. जापान 

विश्व बीमा बजारको ९.८८ प्रतिशत हिस्सा ओगट्ने जापनी बीमा व्यवसायमा सन् २०१५ मा २०१४ को तुलनामा ५.६ प्रतिशतले गिरावट आए पनि जापन बीमा व्यवसाय अब्बल देखिएको छ । जापानमा सन् २०१५ मा जीवन बीमा व्यवसाय  मार्फत ३ लाख ४३ हजार ८ सय १६ लाख अमेरीकी डलर प्रिमियम संकलन भएको छ भने निर्जीवन बीमा व्यवसायबाट १ लाख ५ हजार ८ सय ९१ लख अमेरीकी डलर प्रिमियम संकलन भएको छ । जापानले समग्रमा सन् २०१५मा ४ लाख ४९ हजार ७ सय ७ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ ।

३. चिन 

चिनमा सन् २०१४ को भन्दा २०१५ मा प्रिमियम संकलनमा ११.७ प्रतिशतले बृद्धि भएको छ । चिनले विश्व बीमा बजारको ८.४९ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पारेको छ । सन् २०१५ मा ३ लाख ८६ हजार ५ सय लाख अमेरीकी डलर प्रिमिय संकलन भएको छ ।   जसमा २ लाख १० हजार ७ सय ६३ लाख अमेरीकी डलर प्रमियम जीवन बीमाको रहेको छ भने १ लाख ७५ हजार ७ सय ३७ लाख अमेरीकी डलर निर्जीवन बीमाको रहेको छ ।

४. बेलायत 

सन् २०१४ को तुलनामा सन् २०१५ मा ५.२ प्रतिशतले प्रिमियम संकलनमा गिरावट आएसंगै बेलायत विश्व बीमा बजारमा चौथो स्थानमा झरेको छ ।   विश्व बीमा बजारको ७.०३ प्रतिशत हिस्सा ओगटेको बेलायती बीमा बजारले सन् २०१५ मा ३ लाख २० हजार १ सय ७६ लाख अमेरीकी डलर प्रिमियम संकलन गर्दा, जीवन बीमाबाट २ लाख १४ हजार ४ सय ९२ लाख अमेरीकी डलर र निर्जीवन बीमा व्यवसायबाट १ लाख ५ हजार ६ सय ६८ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ ।

५. फ्रान्स 

विश्व बीमा बजारको ५.०६ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पार्दै फ्रान्सको बीमा बजार ५ औँ स्थानमा आईपुगेको छ । सन् २०१५ मा २ लाख ३० हजार ५ सय ४५ लाख अमेरीकी डलर संकलन गरेको फ्रान्सको बीमा व्यासायमा यो रकम अघिल्लो बर्षको तुलनामा १४.५ प्रतिशतले कम हो । सन् २०१५मा फ्रान्सले निर्जीवन बीमा व्यवसायबाट ८० हजार ४ सय २ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको थियो भने जीवन बीमा व्यवसायबाट १ लाख ५० हजार १ सय ४३ लाख अमेरीकी डलर संकलन गरेको थियो ।

 

६.जर्मन 

संसारकै सबै भन्दा ठूलो बीमा कम्पनी एलियान्ज से रहेको जर्मनको बीमा बजार भने छैठौँ स्थानमा रहेको छ । सन् २०१५ मा १६.४ प्रतिशतले बीमा व्यवसायमा गिरावट आएपछि जर्मन विश्व बीमा बजारको ४.६८ प्रतिशत हिस्सामा खुम्चिन पुग्यो ।    सन् २०१५ मा जर्मनले जीवन बीमा व्यवसायबाट ९६ हजार ७ सय २५ लाख र निर्जीवन बीमा व्यवसायबाट १ लाख १६ हजार ५ सय ३८ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ । समग्रमा जर्मनले सन् २०१५ मा २ लाख १३ हजार २ सय ६३ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ ।

७. ईटाली 

सन् २०१५ मा बीमा व्यवसायबाट १ लाख ६५ हजार ३७ लाख अमेरिकी डलर प्रिमियम संकलन गर्दै इटालीले विश्व बीमा बजराको ३.६२ प्रतिशत हिस्सा ओगटेको छ । प्रिमियम संकलनमा सन् २०१४ को तुलनामा २०१५मा १५.३ प्रतिशतले गिरावट आएपनि इटालीले जीवन बीमाबाट १ लाख २४ हजार ८ सय ४८ लाख अमरीकी डलर प्रिमिय सकंलन गरेको छ ।  त्यस्तै निर्जीवन बीमाबाट ४० हजार १ सय ८९ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ ।

८. दक्षिण कोरिया 

दक्षिण कोरियाले विश्व बीमा बजारको ३.३७ प्रतिशत हिस्सा ओगट्दै सन् २०१५ मा १ लाख ५३ हजार ६ सय २० लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ । सन् २०१५ को प्रिमियम संकलनमा अघिल्लो बर्षको तुलनामा ३.३ प्रतिशतले गिरावट आएपनि दक्षिण कोरियाले जीवन बीमाबाट ९८ हजार २ सय १८ लाख अमेरीकी डलर र निर्जीवन बीमाबाट ५५ हजार ४ सय २ लाख अमेरीकी डलर प्रिमिय संकलन गरेको छ ।

९. क्यानडा 

सन् २०१५मा १ लाख १४ हजार ९ सय ६८ लाख अमेरीकी डलर प्रिमियम संकलन गर्दै क्यानडाले विश्व बीमा बजारमा २.५२ प्रतिशत हिस्सा सुरक्षित गरेको छ । सन् २०१५ को प्रिमियम संकलनमा अघिल्लो बर्षको तुलनामा ९.५ प्रतिशतले गिरावट आएपनि क्यानडाले जीवन बीमा व्यवसायबाट ४९ हजार ३ सय ३१ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको छ । भने निर्जीवन बीमा व्यवसायबाट ६५हजार ६ सय ३७ लाख अमेरीकी प्रिमीयम संकलन गरेको छ ।

१०.ताईवान 

सन् २०१५को प्रिमियम संकलनमा ०.४ प्रतिशतले बृद्धि गर्दै ताईवनले विश्व बीमा बजारको २.११ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१५मा ९५ हजार ९ सय ७९ लाख अमेरीकी डलर प्रिमियम संकलन गरेको ताईवानले जीवन बीमा व्यवसायबाट ७९ हजार ६ सय २७ र निर्जीवन बीमाबाट १६ हजार ३ सय ५२ लाख अमेरीकी डलर प्रिमिय संकलन गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....