बीमा न्युज,
असोज ४, काठमाडौ । नेप्से बुधबार पनि गिरावट देखिएको छ । बुधबार बीमा समुहमा २१ दशमलब १२ अंकले घटेको छ । बीमा शुन्य दशमलब २५ प्रतिशत अंकको गिरावट आउदा आठ हजार चार सय ५८ दशमलब २५ विन्दुमा रोकिएको हो । बुधबार बीमा समुहको कारोबार भने सात करोड ४९ लाख ६१ हजार ६ सय भएको छ ।
बुधबार नेप्से तीन दशमलब ८९ अंकले घट्दा १५ सय ३९ दशलमब ८१ विन्दुमा झरेको छ । शुन्य दशमलब २५ प्रतिशत अंकको परिवर्तन हुदा नेप्सेमा कारोबार भने ५४ करोड बराबरको मात्रै भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा नेपाल लाइफ मात्रै पर्न सफल भएको छ । नेपाल लाइफको प्रमोटर शेयर ११ करोडको कारोबार भएर सुचिको पहिलो स्थानमा रहेको छ । त्यस्तै सर्वसाधारण तर्फको एक करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै एक सय ६४ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन ।
मंगलबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५८ कम्पनीका १० लाख १७ हजार पाँच सय ५८ कित्ता शेयरहरु पाँच हजार ३८ वटा कारोबारबाट ५४ करोड २४ लाख ४४ हजार सात सय ९० रुपैँयामा किनबेच भएका छन् ।