Nepal Life Insurance

सात मुलुकका ११ वटा कम्पनीसँग नेपाल रिले गर्‍यो पुर्नबीमा सम्झौता

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार ०८:५६

Beema News

बीमा न्युज,
असोज ५, काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले ११ वटा विदेशी बीमा कम्पनीसँग पुर्नबीमा सम्झौता गरि सकेको छ । कम्पनीले चालु आवका लागि ७ वटा मुलुकका विभिन्न बीमा कम्पनी तथा पुर्नबीमा कम्पनीसँग पुर्नबीमा सम्झौता गरेको हो ।

कम्पनीका अनुसार प्रारम्भिक चरणमा यूएई, बंगलादेश, दुवई, माल्दिस, प्यालेस्टाईन, कतार र कोरियाबाट पुर्नबीमा व्यवसाय प्राप्त गरेका छन् । जसमध्ये अहिला इन्स्यारेन्स गु्रप, अमान तकाफुल इन्स्योरेन्स, दमाल इस्लामिक इन्स्योरेन्स, ग्रिन डेल्फा इन्स्योरेन्स, न्यू इण्डिया एसुरेन्स, पायोनियर इन्स्योरेन्स, प्रगती इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, दि न्यू इण्डिया एसुरेन्स, दि ओरियण्टल इन्स्यारेन्स र सिओल ग्यारेण्टी इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा सम्झौता भै सकेको कम्पनीका उप महाप्रबन्धक दामोदर भण्डारीले बताउनु भएको छ । “विदेशी कम्पनीहरुसँग पुर्नबीमा सम्झौता गर्न अझै समय बाँकी छ । त्यसैले अन्य कम्पनीहरुसँग पनि हामीले पुर्नबीमा सम्झौता गर्ने तयारी गरेका छौ,” उहाँले भन्नुभयो ।

गत आवमा पनि कम्पनीले थुप्रै विदेशी कम्पनीहरुसँग पुर्नबीमा सम्झौता गरेको थियो । करिब २३ भन्दा बढी मुलुकका ३४ वटा भन्दा पुर्नबीमा तथा बीमा कम्पनीको नेपाल पुर्नबीमा कम्पनीले पुर्नबीमा गरेको थियो । जसबापत कम्पनी करिब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको थियो । त्यस्तै, चालु आवमा करिब पौने चार अर्ब बराबरको कारोबार गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

त्यस्तै, कम्पनीले आफनो रेटिङ्ग समेत गर्ने तयारी गरेको छ । कम्पनीले सिगांपुर स्थित एएम बेस्ट रेटिङ्ग कम्पनी मार्फत कम्पनीको रेटिङ्ग गर्ने तयारी गरेको हो । रेटिङ्गका लागि कम्पनी तीन बर्षसम्म लगातार नाफा गएको हुनु पर्ने प्रावधानका कारण रेटिङ्ग प्रक्रिया लम्बिएको कम्पनीले बताएको छ । रेटिङ्ग पछि विदेशी कम्पनीको आकर्षण अझै बढ्ने कम्पनीले बताएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....