एजेन्सी/
असोज ५, काठमाडौँ ।
शरीरका अंगहरुको बीमा गराउनु कुनै नौलो कुरा रहेन् । प्रसिद्ध व्यत्तिहरुले शरीरका विभिन्न अंगहरुको बीमा गराएका हुन्छन् । औसत आम्दानी हुनेहरुका लागि शरीरका अंगहरुको बीमा अझै पनि अचम्मको विषय बन्ने गरेको छ । यस्तै केही सेलिव्रेटीहरु छन् जसले शरीरका अंगको बीमा गराएका छन् ।
१. जुँगाको बीमा
जुँगालाई पुरुषहरुको सौन्दर्यको पर्याय मानिन्छ । पुरुषहरु जुँगा पाल्नुलाई सौखको रुपमा लिने गर्छन् । अष्ट्रेलीयन क्रिकेट खेलाडी मार्ग हूगेजले ३ लाख ७० हजार अमेरीकी डलर रकम तिरेर जुँगाको बीमा गराएका छन् । उनि प्रख्यात दायँ हाते बलर हुन् । ६७ बर्षको उमेरमा उनले जुँगाको बीमा गराएका हुन् ।
२. हिपको बीमा
यो समयकी चर्चित अभिनेत्री, गायिका तथा नृत्यागंना जेनिफर लोपेजले हिपको बीमा गराएकी छिन् । २७ लाख अमेरीकी डलर तिरेर उनले बीमा गराएकी हुन् । उनिसंग करिब ३ सय २० लाख अमेरीकी डलर सम्पती रहेको बताईन्छ ।
३.खुट्टाको बीमा
अमेरीकन पप गायिका तथा गितकार मारिया गायनका लागि निकै प्रसिद्ध छिन् । उनका गिति एल्बमहरु २ सय लाख भन्दा धेरैपटक बिक्रि भएको रेर्कड छ । सन् २००६मा महिलाको खुट्टाको रौ काट्ने जिलेट ब्राण्डको विज्ञापनका दौरान जिलेट कम्पनीले उनका खुट्टको १ अरब डलरको बीमा गराएको थियो ।
४.बक्षस्थल बीमा
मोडल, तथा लेखिका होली म्याडिसन टिभि कार्यक्रम प्रस्तोता पनि हुन् । उनले सन् २०११मा १ लाख अमेरीकी डलर तिरेर बक्षस्थलको बीमा गराएकी छिन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन्, “यदी मेरो बक्षस्थललाई केही भयो भने म, केही महिनासम्म बन्द कोठामा रहन्छु, जसले मलाई लाखौँ डलरको नोक्सानी हुन्छ । त्यसकारण म मेरा प्राथमिक सम्पतीको रक्षा गर्दैछु ।”
५.आवाजको बीमा
भारतीय प्रसिद्ध गायिका लता मंगेशकरले आफ्नो आवाजको बीमा गराएकी छिन् । उनले सयौँ भाषामा गित गाएकी छिन् । उनले कति रकमको बीमा गराएकी छिन् भन्ने कुरा अझैसम्म खुलाईएको छैन् । भारतीय सिनेमा नायक अमिताभ बच्चनले पनि आवाजको बीमा गराएका छन् ।
शरिरका अंग, पाल्तु जनावर तथा विवाहको पनि बीमा गर्न सकिन्छ ।
विवाहको बीमाको बारेमा पूर्ण जानकारीका लागि बीमान्युज लगइन गर्दै गर्नुहोस् ।
यो पनि पढ्नुहोस :