Nepal Life Insurance

राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार १०:५२

Beema News

बीमा न्युज
असोज ६, काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको बहुप्रतिक्षित योजना हालै सार्वजनिक गरिएको हो ।

विहीबारदेखि कार्यान्वयनमा ल्याइएको योजना अनुसार बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् । सावधिक अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिने र त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दाबी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताउनुभयो । बीमा लेख लागु भएको दुई वर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने उहाँले बताउनुभयो ।

 

कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । सावधिक र आजीवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठूलो भूमिका निर्वाह गर्ने निमित्त प्रशासक थापाले बताउनुभयो । समयसापेक्ष प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको भन्दै संस्थानका अध्यक्ष डा. खोमराज खरेलले संस्थानमा लामो समयदेखि बाह्य लेखापरीक्षण हुन नसक्नु, संस्थानको आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु, समय सापेक्ष जनशक्ति तथा सूचना व्यवस्थापन प्रणाली तथा प्रविधि जस्ता चुनौतिलाई चिर्दै संस्थानलाई नयाँ ढंगबाट अगाडि बढाइएको बताउनुभयो । बाँकी रहेको सम्पूर्ण लेखापरीक्षण तीब्र गतिमा अगाडि बढाइएको भन्दै अब छिट्टै सम्पन्न हुने उहाँले बताउनुभयो ।

‘बीमा व्यवसायमा विश्वसनीयता राष्ट्रिय बीमा संस्थान’ भन्ने नारालाई ग्राहकले भित्रैदेखि महसुस गर्नेगरी संस्थानको मुख्य रणनीति बजार व्यवस्थापनमा केन्द्रित गरेको उहाँले बताउनुभयो । नयाँ प्रडक्टसँगै बजार अबका दिनमा सक्रिय र आक्रामक रूपमा अघि बढेको उहाँले बताउनुभयो ।

राष्ट्रिय बीमा संस्थाको वित्तीय स्थिति ज्यादै नै सुदृढ रहेको भन्दै नियमनकारी निकाय बीमा समितिले तोकेको दुई अर्ब पूँजी पु¥याउन त्यसको पूँजी योजना सञ्चालक समितिबाट पारित गरेर नेपाल सरकार अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....