Nepal Life Insurance

जीवन बीमा कम्पनीमा कर्जाको माग बढ्दै

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार ११:३२

Beema News

बीमा न्युज,
असोज ६, काठमाडौं । गत आर्थिक वर्ष ०७३\७४ मा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ९३ प्रतिशतले बढी हो । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो वित्तिय विवरण अनुसार कम्पनीहरूमा कर्जाको माग बढ्दै गएको देखिएको हो ।

गत आर्थिक वर्षसम्ममा सञ्चालनमा रहेका नौ जीवन बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसनले गत आर्थिक वर्षमा चार अर्ब ३५ करोड रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ७३ करोड रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

 

एशियन लाइफ इन्स्योरेन्सले भने ४५ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गुराँश लाईफ इन्स्योरेन्सले सबैभन्दा कम १० करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सूर्या लाइफले १३ करोड ८६ लाख रुपैयाँ प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा राखी बीमितहरुलाई कर्जा प्रदान सुविधा दिदै आएका छन् । कम्तिमा दुई किस्ता बीमाशुल्क बुझाई सकेका बीमितले चाहेको अवस्थामा आफनै बीमा योजना धितोमा राखी कर्जा लिन सक्नेछन् । यद्यपी अधिकांश बीमितहरु यस बिषयमा अनभिज्ञ रहेको बीमकहरु बताउँछन् । तर, पछिल्लो समयमा कर्जा लिने बीमितको संख्या बढ्दै गएको उनीहरुको भनाई छ ।

गत आर्थिक वर्षको जीवन बीमा कम्पनीहरूको मुख्य परिसूचक (रकम रु. हजारमा)

यो पनि पढ्नुहोस् ।

ऋण चाहियो ? बीमालेख धितो राख्नुहोस !

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....