Nepal Life Insurance

लुम्बिनीको लिलामी शेयर भर्ने शुक्रबार अन्तिम दिन

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार १२:२१

Beema News

 

बीमा न्युज,
असोज ६, काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको ४२ हजार ८१५ कित्ता शेयर लिलामी भर्ने आज शुक्रवार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ ।

गत असार ३० गतेदेखि भदौ एक गतेसम्म ३९ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । तर त्यतिबेला बिक्री नभएको ४२ हजार ८१५ कित्ता शेयर कम्पनीले भदौ २८ गतेदेखि लिलामीमा ल्याएको हो । यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्दछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

हाल कम्पनीको ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । अब सोही बराबर अर्थात ३९ करोड बराबरको पुँजी हकप्रद र लिलामीबाट जम्मा हुनेछ । त्यसपछि कम्पनीको चुक्ता पुजिँ ७८ करोड पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा ८९ करोड ११ लाख ५० हजार र आर्थिक वर्ष २०७५÷७६ भित्रमा एक अर्ब एक करोड ८१ लख ३९ हजार चुक्ता पुजिँ पु¥याउने अनुमान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनीले १९ करोड नौ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रति शेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अनिवार्य एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने बीमा समितिको निर्देशन छ । त्यस अनुरुप कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गरी बाँकि रहेको शेयर पनि लिलामी गर्र्न लागेको हो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....