बीमा न्युज,
असोज ६, काठमाडौं । सन लाइफ नेपाल इन्स्योरेन्सले शुक्रबार देखि व्यवसायिक रुपमा कारोबार संञ्चालन थालेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिसंग संञ्चलानको लागि केहि साता अघि मात्रै अनुमति पाएको सन लाइफले शुक्रबारबाट कारोबार संञ्चालन गरेको हो ।
कम्पनीले एक समारोह गरि व्यवसायिक रुपमा कारोबार थालेको जानकारी दिएको छ । उद्घाटन समारोहलाई संबोधन गर्दै बीमा समितिका अध्क्षय चिरञ्जीवि चापागाईले निरिक्षण र सुपरिबेक्षणलाई बलियो बनाउने तर्फ बीमा समिति अग्रसर रहने बताउनुभयो । नयाँ कम्पनीहरुले निरन्तर कारेबारको सुरु गरेसंगै समितिले जनशत्ति थप्ने प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी गराउनु भयो । नयाँ कम्पनी थपिदा जीवन बीमाको पेनिट्रसन र कभरेज समेत बढ्ने उहाँको भनाई छ ।
बीमा क्षेत्रमा पुराना र अनुभवी कर्मचारीहरुको तानातन रहेको प्रसंगमा बोल्दै चापागाईले पुरानो र अनुभवी कर्मचारीहरु भन्दा फ्रेस कर्मचारीलाई प्रोत्सहान दिनेतर्फ नयाँ कम्पनी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
जीवन बीमा कम्पनीहरु बढ्दै जादाँ कम्पनीको लागि लगानीको संभावना नरहेकोले प्रिमियम व्यवस्थापनमा अप्ठेरो हुन भएकोले सरकारलाई लगानीको वातवरण बनाउन समेत आग्रह गरीने उहाँले बताउनुभयो ।
सन लाइफका अध्क्षय अनुज कयालले बीमा समितिको निर्देशनमा सन लाइफले स्वच्छ प्रर्तिस्पर्धा गर्दै व्यवसाय विस्तार गर्ने बताउनुभयो । उहाँले निकट भविष्यमै सन लाईफ नेपालको उत्कृष्ट बीमा कम्पनी बन्ने दाबी गर्नुभयो ।
सन लाइफको ब्रान्ड एम्बेस्डरको रुपमा हास्यकलाकार तथा सामाजिक अभियान्ता कुञ्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) रहेका छन् । धुर्मुसले जीवनको शाब्दिक अर्थ बुझ्न यो जीवन काफि नभएको बताउँदै जीवनलाई सहज र सरल बनाउको लागि जीवन बीमा अपरिहार्य रहेको धारणा व्यक्त गनुभयो । यसका साथै उहाँले सम्पूर्ण नेपालीलाई जीवन बीमा गर्न आग्रह समेत गर्नुभयो । उहाँले कम्पनीले आफुहरुलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गर्दै कम्पनीको व्यवसाय विस्तारमा आफुहरु निरन्तर लागिरहने प्रतिज्ञा गर्नुभयो ।