Nepal Life Insurance

लघुवित्त सस्थांले अभिकर्ता लाईसेन्स पाउन थाले

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार १३:५२

Beema News

बीमा न्युज,
असोज ८, काठमाडौ । लघुबीमा योजना जारी गर्नका लागि बीमा समितिले लघुवित्त संस्थाहरुलाई अभिकर्ताको लाईसेन्स वितरण गर्न शुरु गरेको छ । संस्थागत अभिकर्ताको लाईसेन्स माग्दै समिति पुगेका संस्थामध्ये चार वटालाई लाईसेन्स दिईएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताउनुभयो । बाकिँ पाईपलाईनमा रहेको पनि उहाँले जनाउनुभयो ।

गत आर्थिक बर्ष २०७२\७३ को बजेट भाषणमा नै सरकारले लघुबीमा योजनालाई अनिवार्य गरेको थियो । सरकारले बीमा कम्पनीहरुलाई आफनो कुल व्यवसायको पाँच प्रतिशत लघुबीमा अनिवार्य रुपमा जारी गर्न निर्देशन दिएको थियो । तर, लघुबीमा योजना जारी गर्दा कम्पनीहरुलाई सञ्चालन खर्च अधिक हुने देखिए पछि कम्पनीहरु हच्किएका थिए । तसर्थ सरकारले निर्देशन दिए पनि गत बर्ष कम्पनीहरुले लघुबीमा योजना जारी गर्न सकेनन् ।

तर, सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीहरुले लघुबीमा जारी गर्नु आवश्यक रहेको भन्दै लघुवित्तीय संस्थाहरुसँग सहकार्य गरी लघुबीमा जारी गर्ने योजना बनाएका थिए । सोही अनुसार गत असोज महिनामा बीमा समितिको नेतृत्व र सक्षमको सहयोगमा नेपाल बिमक संघ र लघुवित्त बैंकर ए्शोसियशन बिच सम्झौता भएको थियो । सम्झौता अनुसार लघुवित्तहरुले कम्पनीहरुको संस्थागत अभिकर्ताको रुपमा काम गर्नेछन् भने सो बापत संस्थाहरुले १५ प्रतिशत कमिशन र १० प्रतिशत व्यवस्थापन खर्च समेत पाउनेछन् ।

 

सोही कार्यलाई निरन्तरता दिदै कम्पनीहरुले लघुबिमा जारी गर्न कै लागी पूल समेत निर्माण गरेका छन् । सक्षमको सहयोगमा पूल सञ्चालनका लागि ८ करोड बराबरको कोष समेत खडा गरिएको छ ।

 

 

लघुवित्त संस्थाहरुले चालु आवको शुरुवातबाट नै लघुबीमा योजना जारी गर्ने योजना रहे पनि प्रक्रिया भने केही लम्बिएको बीमक संघका कार्यकारी निर्देशक द्रोण प्रसाद आचार्यले बताउनुभयो । संस्थाहरुले यतिबेला लाईसेन्स लिने प्रक्रियामा छन् । लाईसेन्सको प्रक्रिया पुरा भए पछि विस्तारै बीमा योजना पनि जारी हुने उहाँले बताउनुभयो । समितिले कम्पनीहरुको सिफारीसमा विभिन्न खालका सात वटा लघुबीमा योजना सञ्चालनमा ल्याएको छ । त्यस्तै, वीमक संघले लघुवित्त संस्थाहरुलाई तालिम समेत प्रदान गरिसकेको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....