Nepal Life Insurance

नेप्सेमा गिरावटसंगै न्युन कारोबार, बीमा समुहमा भने सामान्य सुधार

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार १५:५०

Beema News

बीमा न्युज,
असोज ८, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से गिरावट देखिएपनि बीमा समुहमा भने सामान्य सुधार आएको छ । समग्र नेप्सेमा २ दशमलव ८९ अंकको गिरावट हुदा बीमा समुहमा भने १० दशमलव १४ अंकको सुधार आएको हो ।

आइतबार बीमा समुहमा १० दशमलव १४ अंकको सुधार आएको हुदाँ शुन्य दशमलब १२ प्रतिशत अंकको परिवर्तन आउदा आठ हजार चार सय ६८ दशमलब ३९ विन्दुमा रोकिएको हो । आइतबार बीमा समुहको कारोबार भने चार करोड ५५ लाख ८४ हजार भएको छ ।

 

 

आइतबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनी मात्रै पर्न सफल भएका छन् । दुई कम्पनीमा एक करोड २९ लाख बराबरको कारोबार भएर सुचिको तेस्रो स्थानमा नेपाल लाइफ र ७५ लाख बराबरको कारोबार भएर नेशनल लाइफ नवौं स्थाममा रहन सफल भएको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै एक सय ५६ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन भने गुमाउनेमा सुर्या लाइफ मात्रै रहेका छन् ।

 

आइतबार नेप्से दुई दशमलब ८९ अंकले घट्दा १५ सय ३६ दशलमब ९२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा एक सय ५० कम्पनीका नौ लाख ९१ हजार तीन सय ६६ कित्ता शेयरहरु तीन हजार सात सय १८ वटा कारोबारबाट ३१ करोड ५२ लाख सात हजार एक सय ५८ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....