Nepal Life Insurance

ज्योति लाइफले पनि सुरु गर्यो कारोबार

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार २२:३५

Beema News

बीमा न्युज,
असोज ८, काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि औपचारिक रुपमा कारोबारको शुभारम्भ गरेको छ । आईतबार एक कार्यक्रम बिच कम्पनीले आफनो औपचारिक शुरुवात गरेको हो । कारोबार शुरु गर्ने नयाँ कम्पनीहरुमा यो चौथो कम्पनी हो ।

 

कम्पनीको उद्घाटन गर्दै बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईले समितिले प्रमुख कार्यकारीको तलब भत्ता तथा सुविधा लगायत सुशासन निर्देशिका पुनरावलोकन गर्ने तयारी गरेको बताउनु भयो । “पुराना कम्पनीका कर्मचारी नयाँ कम्पनीमा जाने र असिमित पारिश्रमिकको माग समेत गर्ने गरेको सुनिएको छ । यस बिषयमा हामीले अध्ययन गर्दै छौ । यदि कम्पनीहरुमा यस्ता खालको प्रवृति देखिएमा सुशासन निर्देशिका नै पुनरावलोकन नै गर्नेछ,” उहाँले भन्नुभयो । त्यस्तै, आगामी दिनमा समितिले कम्पनीहरुको सुपरिवेक्षण तथा नियमनको कार्यलाई अझै कडाईका साथ लैजाने समेत उहाँले बताउनु भयो ।

 

कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपती मुराकरले नेपालमा बीमा क्षेत्रको अथाहा सम्भावना रहेको बताउनु भयो । आगामी दिनमा ज्योति लाईफ इन्स्योरेन्स नेपालकै उत्कृष्ट कम्पनी बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

४२ जना प्रबद्र्धक रहेको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ । त्यस्तै जारी पूँजी २ अर्ब २० करोड रहेको छ । हाल संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरिएको छ । निकट भविष्यमा नै कम्पनीले ६६ करोड साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले उपत्यका भित्र ज्ञानेश्वर, गोगंबु, जोरपाटी, किर्तिपुर, पुल्चोक र सूर्यविनायक तथा उपत्यका बाहिर नायारणगढ, विरगंज, पोखरा र चन्द्रनिगाहपुरबाट सेवा सुरु गरेको छ । कम्पनीले हाल ३ वटा जीवन बीमा योजना जारी गरि सेवा शुरु गरेको छ । केही दिनमा थप २ वटा बीमा योजना जारी गर्ने तयारी समेत गरेको छ । अगामी दिनमा देशमा सात वटै प्रदेशमा क्षेत्रिय कार्यलय स्थापना गरी दुर्गम भागमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ ।

 

 

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै, कम्पनीले भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको थियो । कम्पनीको रजिष्टर्ड कार्यलय पोखरा कास्कीमा रहने छ भने प्रधान कार्यलय शान्ता प्लाजा ज्ञानेश्वरमा रहने भएको छ । कम्पनीको सञ्चालक सदस्यमा नन्द किशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जन रहेका छन् । त्यस्तै, कार्यकारी उप प्रमुखमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....