Nepal Life Insurance

“सर्भेयर” के हो र कहिलेबाट सुरु भयो ?

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार १२:००

Beema News

 

बीमा न्युज,
असोज ९, काठमाडौं । बीमा व्यवसायको लागि सर्भेयर महत्वपूर्ण अंग हुन् । सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन । सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको मूल्यांकन गरे पछि मात्रै बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी गर्छन । त्यसैले बीमामा सर्भेयरको भूमिका अहम हुन्छ ।

 

अधिकांश बीमितहरुले सर्भेयरहरुलाई कम्पनीको मानिस भन्ने ठान्दछन् । त्यसैले सर्भेयरहरुले कम्पनीको हितमा काम गर्ने आरोप लाग्दै आएको छ । तर, सर्भेयरहरु स्वतन्त्र व्यक्ति हुन्  । जसलाई घटना घटेको समयमा बीमा कम्पनीले पारिश्रमिक भुक्तान गरी मूल्यांकन गर्न लगाउँछन् । बीमा समितिले सर्भेयरको आचार संहित निर्माण गरेको छ । सर्भेयर सोही नियम भित्र रहेर काम गर्छन् ।

बीमा ऐनले बीमा सर्भेयर सम्बन्धी व्यवस्था गरिएको छ । ऐनले क्षतिग्रस्त सम्पतिको आर्थिक मूल्यांकन गर्ने इजाजत प्राप्त व्यक्तिलाई बीमा सर्भेयरका रुपमा परिभाषित गरेको छ । सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ ।

समितिको तथ्यांक अनुसार गत साउन १५ सम्ममा संस्थागत रुपमा सर्भेयरको लाईसेन्स लिनेको संख्या ५६ पुगेको छ । त्यस्तै, ८३१ जनाले व्यक्तिगत सर्भेयरको रुपमा लाईसेन्स लिए पनि गत चैत्र महिनासम्म २८६ जना आद्यवधिक रहेका छन् । यस बर्ष मात्रै ३१ जनाले सर्भेयरको लाईसेन्स लिएको समितिले बताएको छ ।

नेपालमा “सर्भेयर”को शुरुवात

नेपालमा बीमा व्यवसायको शुरुवात २००४ साल देखि नै भएको हो । तत्कालिन समयमा नेपाल बैंकको मातहातमा रहने गरी नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरिएको थियो । त्यतिबेला यसले निर्जीवन बीमा व्यवसाय मात्रै सञ्चालन गथ्र्यो । तत्कालीन समयमा नेपालका लागि बीमा व्यवसाय नयाँ थियो । त्यसैले त्यतिबेला बीमा दाबी भुक्तानी गर्दा सर्भेयरको प्रयोग गरिदैनथ्यो । नेपाल सरकारको अधिकृत तहमा रहेका व्यक्तिले नै सर्भेयरको काम गर्थे । त्यस्तै, ठूला दाबीहरु परेको समयमा मात्रै भारतबाट सर्भेयरहरु बोलाईन्थ्यो ।

सामान्य दाबीमा सरकारी प्राविधिक कर्मचारीले नै सर्भेयरको काम गर्ने र ठूलो दाबी परेमा भारतीय सर्भेयर बोलाउने क्रम लामो समयसम्म चल्यो । तर, भारतबाट सर्भेयर बोलाउँदा कम्पनीहरुको काम कारवाहीमा ढिला हुन्थ्यो । भारतीय सर्भेयरहरु समयमा आउदैनथे । भारतमा बीमाको ठूलो बजार थियो । त्यसैले उनीहरुलाई भारतमा नै काम पर्याप्त हून्थ्यो । तसर्थ नेपाल आउन उनीहरु त्यति रुचि राख्दैनथे । त्यसैले पनि दाबी भुक्तानी प्रक्रियामा लामो समय लाग्थ्यो । पछि विस्तारै कम्पनीको अण्डरराईटिङ्ग विभागले नै सर्भेयरको काम गर्न थाल्यो । कतिपय घटनामा त कुनै पनि व्यक्तिले फोटो खिचेर ल्याएको अवस्थामा विश्वासको आधारमा मूल्यांकन समेत गरिन्थ्यो ।

यसैगरी २०२५ सालमा सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान   स्थापना भयो । र बीमा ऐन पनि जारी भयो । विस्तारै नेपालमा बीमाको बजार बढ्न थाल्यो । नेपालमा नै सर्भेयर उत्पादन गर्नुपर्छ भन्ने महशुस गरिन थाल्यो । फलस्वरुप २०३९ सालमा आएर बीमा समितिले सर्भेयरहरुको माग गर्न थाल्यो । तर, त्यतिबेला सर्भेयर प्रति मानिसहरुको आकर्षण कम थियो । यद्यपी स्व. माधब बहादुर थापा, पुष्पदास श्रेष्ठ र रघुविर बस्नेतले पहिलो पटक समितिबाट सर्भेयरको लाईसेन्स लिए । समितिबाट पहिलो नम्बरको सर्भेयरको लाईसेन्स स्व. माधब बहादुर थापाले लिएका थिए । २ र ४ नम्बर लाईसेन्स पुष्पदास श्रेष्ठले लिए भने ३ नम्बर लाईसेन्स रघुविर बस्नेतले लिएका थिए ।

माधव बहादुर थापा अटोमोवाईल टेक्निसियन थिए । उनी टाटाको नेपाल स्थित कम्पनीमा काम गर्थे । समितिबाट सर्भेयरको लाईसेन्स लिए पछि उनले नेपाल क्लेम ब्यूरो नामक  कम्पनी सञ्चालन गरे । पुष्पदास श्रेष्ठ भने राष्ट्रिय बीमा संस्थानको बजार विभागमा कार्यरत थिए । पछि उनले भारतबाट अटोमोवाईल इन्जिनियरिङ्ग गरे र समितिबाट सर्भेयरको लाईसेन्स लिए । लाईसेन्स लिएपछि उनले युनाईटेड सर्भेयर र लस एडजस्टर नामक कम्पनी खोले ।  रघुबिर बस्नेत भने तत्कालिन रोयल नेपाल आर्मीमा मेजर थिए । उनी मेकानिल इन्जिनियर थिए  । सर्भेयरको लाईसेन्स लिए पछि उनले सुनिता क्लेम नामक कम्पनीले खोले । यसरी नेपालीले नै सर्भेयरहरुले लाईसेन्स प्राप्त गरे पछि कुनै घटनाको सर्भे गर्दा भारतीय सर्भेयरका साथमा नेपाली सर्भेयरलाई पनि समावेश गर्न थालियो ।

 

एवंम रितले विस्तारै सर्भेयर प्रति मानिसहरुको आकर्षण बढ्न थाल्यो । सर्भेयरमा राम्रो काम हुने देखेर त्यतिबेला काम नपाएका इन्जिनियरहरुले समितिबाट लाईसेन्स लिए । कतिपयले भनसुनको आधारमा पनि लाईसेन्स लिए । जसले गर्दा सर्भेयरमा विकृति भित्रन थाल्यो । जसका कारण पुराना सर्भेयरहरुले सर्भेयरहरुको बर्गीकरण गर्न माग गरे । सोही बमोजिम समितिले २०५० सालमा आएर सर्भेयरहरुलाई क, ख, ग र घ बर्गमा विभाजन ग¥यो ।

 

समितिबाट लाईसेन्स लिएको १५ बर्ष पुगेका सर्भेयलाई क, १० बर्ष पुगेकालाई ख, ५ बर्ष पुगेकालाई ग र भर्खरै लाईसेन्स लिएकालाई घ बर्गमा विभाजन गरियो । यसले काम गर्ने सर्भेयरलाई राहत पुग्यो । साथै नेपालमा सर्भेयरको संख्या बढेसँगै सर्भेयरहरुको एकीकृत हुनुपर्छ भन्ने उद्धेश्यले २०५५ सालमा एशोसियसन अफ सर्भेयर एण्ड लस एडजस्टरको नामक संस्थाको स्थापना गरियो । जसको नेतृत्व पुष्पदास श्रेष्ठले गरेका थिए । तर, सर्भेयरहरु आफनै व्यवसायमा व्यस्त हुने भएकाले संस्थाले खासै सक्रिय रुपमा काम गर्न सकेन । उक्त संस्था आपैm विलय भयो । तर, २०६० सालमा आएर नेपाल सर्भेयर एशोसियनको स्थापना भयो । हाल यस एशोसियसनमा १६० सर्भेयर आबद्ध छन् ।

सर्भेयर बन्नका लागि आवश्यक योग्यता

बीमा विनियमावली अनुसार कुनै बीमकको कार्यलयमा अधिकृतस्तरको पदमा कम्तिमा दश बर्षसम्म बीमा व्यवसाय सम्बन्धित कार्यको अनुभव हासिल गरेको, इन्जिनियरिङ्ग बिषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उतिर्ण गरेको व्यक्तिले सर्भेयर लाईसेन्सको लागी समितिमा निवेदन दिन सक्ने छ । योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको पं्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नविकरण गर्नुपर्नेछ ।

सर्भेयरहरुको चुनौती ;

 पेशागत हक हितको संरक्षण नहुनु ।

 ऐनमा सर्भेयरको काम, कर्तब्य र अधिकार स्पष्ट रुपमा व्याख्या नगरिनु  ।

 ३ लाखसम्मको दाबीमा कम्पनीले आफनै कर्मचारीलाई सर्भेयरको रुपमा प्रयोग गर्नु ।

 कामको सुनिश्चिता नहुनु ।

 विमितमा चेतना नहुदा सर्भेयर प्रति नकरात्मक भावना राख्नु ।

 कतिपय योजनाका प्रावधान स्पष्ट नहुनु ।

 बीमा गर्दा कम्पनीले विमितलाई स्पष्ट जानकारी नदिनु

 रिपोर्ट बुझाउने अवधि जम्मा १५ दिनको मात्रै हुनु ।

 समयमा भुक्तानी नपाउनु ।

 दाबी नभएको अवस्थामा पारिश्रमिक पनि नपाउनु ।

 काम नगरेका सर्भेयर पनि क बर्गमा पर्नु ।

 एउटै सर्भेयरले सबै खालको बिमाको सर्भे गर्नु ।

सर्भेयरले गरेको अध्ययनका आधारमा उनीहरुले गर्ने सर्भेको क्षेत्र पनि निर्धारण गर्नु पर्छ । (सर्भेयरहरुसँगको कुराकानीमा आधारित)

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....