Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, कारोबार भने घट्दै

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार १५:३१

Beema News

बीमा न्युज,
असोज ९, काठमाडौ । सोमबार नेप्सेसंगै बीमा समुहमा पनि सामान्य सुधार देखिएको छ । समग्र नेप्से बजार आठ दशमलव ५२ अंकले सुधार आउदा बीमा समुहमा पनि १२ दशमलव ०२ अंकले सुधार आएको हो । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रमक भने घट्दै गएको छ । आइतबार ३१ करोड भनदा बढिको कारोबार भएकोमा सोमबार भने करिब २८ करोडको हराहरीमा मात्रै सिमित भएको छ ।

 

सोमबार बीमा समुहमा १२ दशमलव ०२ अंकले सुधार हुदाँ शुन्य दशमलब १४ प्रतिशत अंकले परिवर्तन हुदाँ आठ हजार चार सय ८० दशमलब ५९ विन्दुमा रोकिएको हो । सोमबार बीमा समुहको कारोबार भने पाँच करोड २७ लाख ८१ हजार तीन सय रुपैयाँ भएको छ ।

सोमबार नेप्सेमा बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा नेपाल लाइफ मात्रै परेको छ । एक करोड १३ लाख ९१ हजार आठ सय ४० रुपैयाँको कारोबार भएर सुचिको दोस्रो स्थानमा पर्न सफल भएको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै एक सय ३४ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन ।

 

सोमबार नेप्से आठ दशमलब ५२ अंकले बट्दा १५ सय ४५ दशलमब ४४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा एक सय ५४ कम्पनीका छ लाख ३२ हजार ८९ कित्ता शेयरहरु तीन हजार चार सय ७४ वटा कारोबारबाट २७ करोड ७८ लाख ४७ हजार पाँच सय ८९ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....