बीमा न्युज,
असोज १०, काठमाडौँ ।
के तपाईले जीवन बीमा योजना खरिद गर्नु भयो ? बीमा योजना के को लागी खरिद गर्नु भयो ? आफनो सुरक्षाको लागी कि वा साथीभाई\आफन्तको करकाप कारण खरिद गर्नु भयो ? बीमितहरुलाई यो प्रश्न गर्ने हो भने अधिकांशको उत्तर साथीभाई वा आफन्तको करकापका कारण खरिद गरेको हो भन्ने पाईन्छ ।
नेपालमा जीवन बिमा व्यवसाय सुरु भएको सात दशक बितिसक्दा पनि स्वःइच्छाले बीमा गराउनेको संख्या अझै न्युन छ । अझै पनि मानिसहरु करकापमा परेर मात्रै बीमा गर्ने गर्छन् । कसैको करकाप वा बचन् टार्न नसकेर बीमा गरिदा त्यो बीमा पोलिसी(बीमा लेख) मिस सेलिङ भएको मानिन्छ । यो परिपाटी नेपाली बीमा व्यवसायको नमिठो यथार्थ बन्दै आएको छ ।
जीवन बीमा योजना पूर्णरूपमा अभिकर्तामा आधारित व्यवसाय हो । कुनै पनि बीमितले बीमा योजना खरिद गरेर पहिलो पटक बीमा शुल्क(प्रिमियम) भुक्तानी गर्दैमा बीमा योजना खरिद प्रक्रियाले पूर्णता पाउँदैन । यसको लागि बीमितले बीमा परिपक्व नभएसम्म बीमा शुल्क निरन्तर भुक्तानी गर्नुपर्छ । बीमा अवधि पूरा भएपछि बीमा गरिएको रकम र बोनस फिर्ता लिएको हुनुपर्छ । त्यसपछि मात्रै बिमाको उद्देश्य पूरा हुन्छ । यसले अभिकर्ता, बीमित र कम्पनी तीनवटै पक्षको हित गर्छ ।
बीमा ; पैसा डबल ! कि भावि सुरक्षा ?
बीमा गर्नका लागि बीमित र बीमक दुवै पक्ष आ-आफ्नो इच्छाले राजी हुनु पर्छ । तर, अधिकांश बीमितहरु अभिकर्ताले जोर जबरजस्ती गरे पछि मात्रै बीमा गर्न तयार हुन्छन् । जसका कारण बीमितले बिमा सम्बन्धी कुनै पनि प्रकारको जानकारी लिन चाहदैन र अभिकर्ताले पनि जानकारी दिन अनिवार्य ठान्दैनन् । बीमितले अभिकर्ताले जे भन्छ त्यहि कुरालाई सहर्ज स्वीकार गर्छन । यसरी खरिद गरिएको पोलिसीले अवधि पुर्ण गर्ने संभावना न्युन रहन्छ । सरेण्डर गरिने बीमा पोलिसीहरुमा यसरी बीमा गरिएका पोलिसहरुको संख्या धेरै हुन्छ ।
बीमा योजनाका बारेमा अनावश्यक भ्रामक जानकारी दिएर विक्री गर्नु पनि मिस सेलिङ्ग हो । नेपालमा व्यावसायिक रूपमा काम गर्ने अभिकर्ता नभएकै कारण मिस सेलिङ हुने गरेको बताउँनुहुन्छ पेसागत बीमा अभिकर्ता संघका सचिव राजेन्द्र अमात्य । “धेरै अभिकर्ताले यसलाई साइड जबको रूपमा अंगालेका छन् । यस्ता खालका अभिकर्ताबाट मिस सेलिङको सम्भावना बढी हुने गर्छ,” उहाँले भन्नुभयो । जीवन बीमा कसैको करकाप वा दवाव भन्दा पनि जोखिम हस्तान्तरण गर्ने आवश्यकताको रुपमा लिनुपर्ने बीमकहरुको भनाई रहेको छ ।
यस्ता फाईदाका लागि जीवन बीमा लाभदायी नहुन सक्छ ।
१. कर बचाउनको लागि
यदि तपाई कर तिर्नबाट बच्नको लागि जीवन बीमा गर्ने सोचाईमा हुनुहुन्छ भने तपाई पुर्णतया गलत हुनुहुन्छ । बीमाको उदेश्य जोखीम हस्तान्तरण हो । करबाट उन्मुक्ति होइन् । यहाँ भन्दा बेस भनेको कुनै सुरक्षित स्थानमा लगानी गरेर राज्यालाई कर तिर्नुभयो भने बीमाबाट प्राप्त हुने भन्दा दोब्बर रकम पनि प्राप्त हुन्छ अर्कातिर राज्यलाई पनि फाईदा हुन्छ ।
२. परिवारका सदस्यको दवाव
आमा बुबा अथवा परिवारका सदस्यले बीमा पोलिसीमा लगानी गर्न सल्लाह मात्रै होइन् दवाव पनि दिने गर्छन् । किनकी बीमा पोलिसीमा गरेको लगानीले उनिहरुको जीवनमा राम्रो प्रभाव परेको थियो । तर पछिल्ला केही दशक यता लगानीको लागि बीमा भन्दा अरु धेरै उक्तम विकल्प आइसकेका छन् । कसैको दवावमा लगानी स्वरुप बीमा पोलिसी किन्दा भविष्यमा पछुताउनु बाहेक अन्य विकल्प नहुन पनि सक्छन् ।
३. नातेदार एजेण्ट
बीमा गराउने सबैले जान्ने पर्ने कुरा के हो भने । बीमा एजेण्टहरुले सबैभन्दा पहिले नातेदार, साथिभाई र सहायोगीलाई नै बीमा पोलिसी बेच्न खोज्छन् । यदि तपाईको साथी, नातेदार बीमा एजेण्ट छ भने यस्तो अवस्थामा तपाई बीमा पोलिसी किन्न बाध्य बन्नु हुन्छ । यसले गर्दा एकातिर तपाईको व्यय(खर्च) बढ्न जान्छ । त्यसकारण नातेदार, साथिभाईको आग्रह नकार्न नसकेर बीमा गर्नु उपयुक्त होइन् ।
४.लगानिको रुपमा बीमा
जीवन बीमालाई अक्षय कोषको रुपमा वा लगानीको रुपमा खरिद गर्ने सोच छ भने, यो गलत निर्ण हुनसक्छ । निश्चय नै बीमा पनि एक प्रकारको लगानी हो तर धेरै रकम प्राप्त गर्न सकिने लगानी भने होइन् । ध्यान दिनु पर्ने कुरा के हुन्छ भने यस्तो प्रकारको एन्डाउनमेन्ट पोलिसीबाट निकै कम लाभ हुन्छ । २० देखि ३०बर्ष अवधिको हुने यस्तो पोलिसीमा ६ देखि ७ प्रतिशत मात्रै लाभ पाईन्छ ।