Nepal Life Insurance

बीमा गर्दा यसरी छान्ने इच्छाइएको व्यक्ति

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार १३:०६

सागर चन्द

बीमा न्युज,

काठमाडौँ

जीवन बीमा पोलिसी(बीमा लेख) खरिद गर्दा बीमा गर्नेले इच्छाइएको व्यक्ति छनौट गर्नुपर्ने हुन्छ । बीमित(बीमा गर्ने व्यक्ति)को आकस्मिक मृत्यु वा कुनै दुर्घटना पश्चात बीमा रकम प्राप्त गर्ने पहिलो हकदार व्यक्ति नै इच्छाईएको व्यक्ति हो । इच्छाइएको व्यक्तिको रुपमा सबैभन्दा नजिकको नातेदार वा विश्वास पात्रलाई राख्नु पर्छ । तपाईको अनुपस्थितीले सबैभन्दा धेरै आर्थिक भार पर्ने व्यक्तिलाई इच्छाइएको व्यक्तिको रुपमा राख्नु उपयुत्त हुन्छ । यदि बीमितका नजिकका नातेदार छैनन् वा भए पनि इच्छाउन चाहँदैन भने त्यसको स्पष्ट कारण पनि बीमालेख भर्दा खुलाउनु पर्छ । जसले गर्दा पछि बीमा कम्पनी र तपाईलाई दुवैलाई सहज हुन्छ । आफुले बीमा गरिसकेपछि, परिवार वा इच्छाइएको व्यक्तिलाई जानकारी दिनु पर्छ ।

कस्तो व्यक्ति बीमा रकमको हकदार हुन्छ ?

पहिलो हकदार बीमितले इच्छाइएको व्यक्ति वा बीमित स्वयं नै हुन्छ । तर बीमा पोलिसी अनुसार फरक फरक अवस्था सिर्जना हुन सक्छ ।बीमा ऐन अनुसार आजीवन बीमाको दाबी रकम लिनको लागि बीमितको मृत्यु भएको हुनु पर्छ । बीमितको मृत्युपछि उसले इच्छाइएको व्यक्तिलाई उक्त रकम दिने गरिन्छ । यदि इच्छाइएको व्यक्तिको बीमित भन्दा पहिले नै मृत्यु भइसको रहेछ भने, बीमितको सबैभन्दा नजीकको हकदारले रकम पाउने व्यवस्था रहेको छ ।सावधिक जीवन बीमा योजनाअन्तर्गत बीमा अवधि समाप्त भएपछि बीमित जीवित भएको अवस्थामा उसैलाई र मृत्यु भएको अवस्थामा बीमितले इच्छाइएको व्यक्तिलाई रकम प्राप्त गर्छ ।इच्छाइएको व्यक्ति नभएमा के गर्ने ?बीमा ऐन अनुसार सगोलमा रहेका पति वा पत्नी, छोरा, छोरी, विधवा बुहारी, बाबुआमा (विवाहित महिलाको हकमा सासूससुरा) लाई हकवालाका रूपमा मानिने व्यवस्था छ । यदि उनीहरू पनि नभएको अवस्थामा भने आफैले पालनपोषण गर्नुपर्ने बाजे, बज्यै र छोरा तिरको नाति, नातिनीलाई बीमा दाबी उपलब्ध गराउन सकिन्छ ।

यदी यी नातेदारहरु पनि नभएको अवस्थामा भिन्न बसेका पति, पत्नी, अविवाहित छोराछोरी, विधवा बुहारी र बाबुआमालाई दाबी रकम उपलब्ध गराउन सकिने व्यवस्था बीम ऐन २०४९ ले गरेको छ । विवाहित महिलाको हकमा भने भिन्न बसेका सासूससुरा पनि हकवाला हुने प्रावधान रहेको छ । यदि यी कुनै पनि नातेदारहरु नभएको खण्डमा भिन्न बसेका छोरा तर्फको  नाति, अविवाहित नातिनी, सौतेनी आमा, सौतेनी छोरा, अविवाहित सौतेनी छोरीले पनि त्यस्तो बीमाको दाबी लिन सक्छन् । यसबाहेक सगोलका भतिजा भतिजी, काका, विधवा काकी, भाउजू, भाइबुहारी तथा भिन्न बसेका दाजुभाइ, दिदीबहिनी, बाजेबज्यै, नातिनी बुहारी, भतिजा भतिजी पनि हकवाला हुन सक्छन् । तर, कानूनमा बीमितसँग अन्तिम अवस्थासम्म सँगै बसी हेरचाह गर्नेको पनि हक लाग्ने व्यवस्था रहिआएको छ ।

इच्छाइएको व्यक्ति बदल्न पाईन्छ ?

अवश्य बीमितले आफुले इच्छाइएको व्यक्ति बदल्न पाउछ । र कुनै पनि व्यक्तिलाई इच्छाएको व्यक्ति नबनाउन पनि सक्छ । बीमितले इच्छाइएको व्यक्तिको मृत्यु भएमा अथवा इच्छाइएको व्यक्ति बदल्न पनि सक्छन् तर त्यसका लागि बीमितले बीमा कम्पनीलाई इच्छाइएको व्यक्ति बदल्न चाहेको सम्पूर्ण व्याहोरा खुल्ने पत्र लेख्नु पर्ने हुन्छ ।बीमितभन्दा अघि नै इच्छाइएको व्यक्तिको मृत्यु भएपछि बीमा कम्पनीलाई इच्छाइएको व्यक्तिको मृत्यु दर्ताको प्रमाण पत्र सहित जानकारी दिनु पर्छ । कम्पनीलाई खबर नगरेको अवस्थामा दाबी रकम भुक्तानीमा कानूनी झमेलाको सामना गर्नु पर्ने हुन्छ ।

बीमितको मृत्यु भएमा दाबी रकमका लागि आवश्यक पर्ने कागजातहरुड्ड बीमितको मृत्यु प्रमाणपत्र ।

  • दुर्घटनाबाट बीमितको मृत्यु भएको भए, यदि त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको खण्डमा बीमितको मृत्युको कारण खुल्ने सरकारी  चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन वा प्रहरी प्रतिवेदन् ।
  • बीमितसँगको नाता खुल्ने प्रमाणपत्र, वा नाता प्रमाणित गरिएको सरकारी कागज ।
  • उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू । (सकेसम्म सरकारी)

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....