बीमा न्युज,
असोज १४,काठमाडौँ ।
भारत सरकराले सन् २०१५ देखी प्रधानमन्त्री जीवन ज्योती बीमा योजना संञ्चालन गरिहेको छ । भारतीय सरकारले बजेटमै घोषणा गरेर आम नागरिकलाई बीमाको दायरामा ल्याउन प्रधानमन्त्री जीवन ज्योती बीमा योजना संञ्चालन गरेको हो ।
प्रधानमन्त्री जीवन ज्योती बीमा योजनामा बार्षिक ३सय ३० भारतीय रुपैयाँ तिरेर सहभागी हुन सकिने बताईएको छ । यो योजनामा १८ देखी ५५ बर्ष उमेर समूहका भारतीय नागरिक सामेल हुन सक्छन् । योजनामा सहभागी हुनको लागि बैंक खाता अनिवार्य गरिएको छ । एक बर्षमा अधिकताम २ लाख भारतीय रुपैयाँ सम्मको जोखिम यो बीमा योजनाले वहन गर्नेछ । प्रत्येक बर्ष नविकरण गर्न सकिने यो योजना सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी एलआईसिले संञ्चालन गरिरहेको छ । यो बीमा योजनामा सहभागि भएका नागरिकले प्रत्येक बर्षको मे ३१ तारिख अगावै बार्षिक प्रिमियम भुक्तान गरिसक्नु पर्ने हुन्छ ।
भारतीय बीमा बजारमा निजी क्षेत्रको लगानी बढ्दो
बिमितको मृत्यु भएमा बीमा योजना अन्र्तगत उसको परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराई भारत सरकारले बताएको छ । तर एक व्यत्तिले एक भन्दा बढि खाताबाट बीमा गराउन भने पाउने छैन् । बैंक खातामा प्रिमियम तिर्ने रकम नभएमा बीमा योजना स्वतः रद्ध हुने छ । बिमित ५५ बर्ष पुगे पछि बीमा योजना स्वत: रद्ध हुने छ ।
भारतमा अझै पनि ८५ प्रतिशत मानिसहरु बीमाको पहुँच बाहिर रहेको तथ्याकं छ । भारत सरकारले आम मानिसको वित्तिय पुहुँच बृद्धि गर्न १५ करोड मानिसको नाममा बैंक खाता पनि खोलेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ९५ प्रतिशत मानिसहरु बैंक संग जोडिएका छन् । भने सरकारले संञ्चालन गरिदिएका १६ करोक बैंक खातामा १६ हजार ८ सय करोड रुपैयाँ रहेको छ । तर अझै पनि कतिपय खातामा रकम नरहेको बताईन्छ । यीनै खाताहरुबाट सरकारले प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाको प्रिमियम संकलन गर्ने छ । भारत सरकारले एकैचोटी नागरिकमा बैंक तथा बीमाको पहुँच बृद्धि गर्न यस्तो रणनिति अपनाउनु परेको बताईन्छ ।
कतिपय मानिस भने यो बीमा योजना प्रभावकारी नभएको बताउँदै आएका छन् । सरकारले बताए अनुसार बीमितको मृत्यु भएमा मात्रै भुक्तानी पाईने योजना लाभदायी नभएको भन्ने गरेका छन् । यसलाई कतिपयले दृर्घटना बीमाको रुपमा लिनु पर्ने भन्दै आएका छन् ।
भारतीय संञ्चार माध्यमले बताए अनुसार यो योजनामा सहभागि हुनेहरुको संख्या तिव्र गतिमा बृद्धि भईरहेको छ । यसै बर्षको मे ८ तारिख सम्ममा प्रधानमन्त्री जीवन ज्योती बीमामा ३.११ करोड मानिस सामेल भईसकेका छन् । ६५ हजार ८३ जनालाई मृत्यु दाबी पनि भुक्तान गरिसकीएको छ ।
यो पनि पढ्नुहोस :
- बलिउड : उदाउँदो बीमा बजार
- भारतीय जीवन बीमा बजारले १५ प्रतिशतको बृद्धि गर्ने आंकलन
- आक्रामक बन्दै भारतीय बीमा उद्योग
- भारतमा कृषि बीमा योजना फस्टाउँदै : नेपालमा भने बुझाईमा नै अन्योल
- भारतीय बीमा बजारमा निजी क्षेत्रको लगानी बढ्दो