Nepal Life Insurance

रोजागर सिर्जनामा बीमा व्यवसाय

प्रकाशित मिति: १५ आश्विन २०७४, आईतवार ११:०४

सागर चन्द

बीमा क्षेत्र : अवसरै अवसर 

बीमा न्युज,

असोज १५, काठमाडौँ

बीमा क्षेत्रले रोजागरीका नयाँ अवसर सिर्जना गरेको छ । बीमा समितिले १० वटा नयाँ जीवन बीमा कम्पनीलाई संञ्चालन अनुमति प्रदान गरेपछि बीमा क्षेत्रमा ठूलो संख्यमा रोजागारीका अवसर सिर्जना भएको हो । समितिले संञ्चालन अनुमति प्रदान गरेका १० वटा मध्ये ६ वटाले कारोबार संञ्चालन गरिसकेका छन् । बाँकी रहेका ४ वटा कम्पनीले पनि छिट्टै कारोबार संञ्चालन गर्ने बताईएको छ । यति धेरै नयाँ कम्पनीहरु थप हुँदा, पुराना तथा अनुभवि कर्मचारीका अललवा नयाँले पनि रोजगार पाउने संभावना प्रवल रहेको छ । बीमा क्षेत्रमा अनुभवी र दक्ष जनशक्तिको अभाव भएकाले नयाँ व्यक्तिले अवसर पाउने भएका छन् । बीमा कम्पनीमा विभिन्न खालका जनशक्तिको आवश्कता पर्छ । जस्तै, सर्भेयर,  अभिकर्ता, चाटर्ड एकाउन्टेण्ट, एक्चुअरीलगायतका कर्मचारीको आवश्यकता पर्छ । अहिले कै अवस्थामा एउटा कम्पनी कुशल रूपमा सञ्चालनका गर्नका लागि कम्तीमा पनि ३०० देखि ४०० सम्म कर्मचारीको आवश्यकता पर्ने शिखर ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउनुहुन्छ ।

यदि सोही संख्यालाई आधार मान्ने हो भने तत्काल लाइसेन्स पाउने १० वटा जीवन बीमा कम्पनीका लागि कम्तीमा पनि ४ हजारसम्म कर्मचारीको आवश्यकता पर्छ । त्यस्तै, लाईसेन्सको प्रक्रियामा रहेका अन्य चार निर्जीवन बीमा कम्पनीका लागि कम्तिमा पनि १ हजार ६ सय कर्मचारीको आवश्यक पर्नेछ । 

कम्पनीहरुले प्रमुख कार्यकारी, सहायक र विभागिय प्रमुखका लागि अनुभवी व्यक्तिको खोजी गरे पनि अन्य तहमा भने नयाँ कर्मचारी राख्ने लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक जनरल म्यानेजर खत्री बताउनुहुन्छ ।   बीमा कम्पनीको कर्मचारी संरचनाप्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतका साथै बीमा कम्पनीहरुले अन्डर राइटिङ, पुनर्बीमा, बजार ब्यवस्थापन, कानुन तथा दाबी भुक्तानी, लेखा तथा ट्रेजरी, सूचना प्रविधि विभाग पनि अनिवार्य रुपमा स्थापना गर्नु पर्ने हुन्छ । यस अन्र्तगत एक जना विभागिय प्रमुख रहन्छ भने प्रत्येक विभागमा कम्तिमा पनि ४ जना कर्मचारी रहने व्यवस्था हुन्छ । प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा पनि केही कर्मचारी रहन्छन् ।
नेपालमा हाल २७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये १७ वटा निर्जीवन, ९ वटा जीवन र एउटा पुनर्बिमा कम्पनी छ । यसका साथै समितिले हालै १० वटा जीवन बीमा कम्पनी मध्ये केही संञ्चालनमा आईसकेका छन् । र अन्य कम्पनी पनि संञ्चालनको अन्तिम तयारीमा रहेका छन् । ४ वटा निर्जीवन बीमा कम्पनी समितिको निर्णय कुरिरहेका छन् । यदि यी सबै कम्पनीले सञ्चालन अनुमति प्राप्त गर्ने हो भने बीमा कम्पनीको संख्या ४१ पुग्नेछन् ।  बीमा कम्पनीहरूको संख्या बढेसँगै नयाँले पनि अवसर पाउने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । “बजारमा शिक्षित बेरोजगारको संख्या थुप्रै छ । जसले यस क्षेत्रमा अवसर पाउने छन्,” उहाँले भन्नुभयो ।कम्पनीको नेतृत्व तहमा अनुभवी व्यक्ति आवश्यक परे पनि अन्य तहमा नयाँ कर्मचारीले पनि काम गर्न सक्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर कमल पन्थी बताउनुहुन्छ । “नयाँ कर्मचारीले झन् छिटो सिक्छन् । नयाँमा जोश  जाँगर पनि हुन्छ,” उहाँले भन्नुभयो ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....