Nepal Life Insurance

जोखिममुक्त विवाहका लागि विवाह बीमा

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलवार १२:३२

सागर चन्द

बीमा न्युज,
असोज १७, काठमाडौँ ।
सवारी साधनको बीमा, घरको बीमा, वा मानिसको बीमाका बारेमा हामीले सुन्दै आएका छौ । तर तपाईले कहिल्यै विवाह बीमाको बारेमा सुन्नु भएको छ ? विश्वव्यापी रुपमा बीमाको पहुँच बृद्धि हुँदै गर्दा बीमाको दायरामा पनि बृद्धि भईरहेको छ । त्यसैको एक उदाहरण हो विवाह बीमा । विवाह मानिसको जीवनको महत्वपूर्ण घटना हो । जीवनको एक नयाँ सुरुवात पनि हो । जीवनको महत्वपूर्ण समयलाई जोखिम मुक्त बनाउनको लागि विवाह बीमा गर्ने प्रचलन बढ्दो छ । आर्थिक सुरक्षाको रुपमा विवाह बीमा निकै भरपर्दो माध्यम भएको ठहर विश्लेषकहरुको रहेको छ ।
विवाहलाई सुरक्षित र नोक्सानमुक्त बनाउनको लागि विवाह बीमा गरिन्छ । सुरुवाति चरणमा पश्चिमा मुलुकमा मात्रै प्रचलित थियो । यसको लोकप्रियता र फाईदालाई मध्यनजर गर्दै भारतमा पनि विवाह बीमा लोकप्रिय बन्दै गईरहेको छ । विवाहको समयमा अनपेक्षित रुपमा आईपर्ने विभिन्न दुर्घटनाले थप आर्थिक व्यभार सिर्जना नगरुन भनेर विवाह बीमा गर्ने गरिन्छ । विवाह बीमा अन्र्तगत विवाह रद्ध गर्नु परेमा, विवाहमा प्रयोग हुने गर गहना चोरी भएमा अथवा विवाह अवधिमा, आगलागी वा अन्य कुनै प्रकारको दुर्घटना भएमा त्यसको जोखिम वहनको सुविधा उपलब्ध हुन्छ ।

विवाह बीमा अन्र्तगत विवाहका तस्बिर, भिडियो, उपहार, वेडिगं रिगं, दुलाह दुलहीका पहिरन जस्ता महत्वपूर्ण सामाग्रिको बीमा गर्न सकिन्छ ।

मानिसहरुको आम्दानीमा बृद्धि हुन थालेसंगै खर्च गर्ने प्रवृतिमा पनि वदलाव आएको छ । दक्षिण एसियाली मुलुकमा पनि विवाहको खर्च बढ्दै गईरहेको छ । फोब्र्स पत्रिकालाई आधार मान्ने हो भने एसियामा न्युनतम १ सय ५० अमेरिकी डलर देखी ५ लाख अमेरिकी डलर भन्दा माथिको खर्चमा विवाह गर्ने गरिन्छ । वैवाहीक खर्चको मात्रामा बृद्धि भएसंगै जोखिम पनि स्वतः बढ्न जान्छ । विवाह गराउने परिवारलाई अनावश्यक आर्थिक जोखिमबाट सुरक्षित राख्नको लागि विवाह बीमा योजना सार्वजनिक भएको हो । विवाह अवधिमा हुन सक्ने कुनै पनि प्रकारका दुःखद घटनाले तपाईलाई थप आर्थिक नोक्सानी पुग्न सक्छ । एकातिर विवाहमै धेरै रकम खर्च भईसकेको हुन्छ भने अर्कोतिर दुर्घटनाले थप आर्थिक भार पर्न जान्छ । तर तपाईले विवाह बीमा गराउनु भएको छ भने बीमाले थप आर्थिक भारबाट मुक्त गराउँछ ।

यदि तपाईको विवाह कुनै प्राकृतिक दुर्घटना वा अन्य कुनै कारणले तोकिएको मिति भन्दा पछाडी सरेमा पनि विवाह बीमा पोलिसीले कभर गर्छ । विवाह बीमाले विवाहको अवधिमा आईपर्ने विभिन्न प्रकारका आपतकालिन खर्चहरुबाट समेत जोगाउँछ । उदाहरणको लागि तपाईले विवाहको लागि सजावट गर्नुभएको कार सोही दिन नपाउँदा वा बिग्रदा नयाँ कार डिजाईन गर्न र अर्डर गर्न खर्च दोब्बर पर्न आउँछ । यस्तो समयका विवाह बीमा लाभदायी हुन्छ । विवाह बीमा अन्र्तगत विवाहका तस्बिर, भिडियो, उपहार, वेडिगं रिगं, दुलाह दुलहीका पहिरन जस्ता महत्वपूर्ण सामाग्रिको बीमा गर्न सकिन्छ ।

याद राख्नुहोस : विवाह बीमाले दुलाह वा दुलहीले जानाजान विवाह रद्ध गरेमा त्यसको क्षतिपुर्ति प्रदान गर्दैन् । विवाह समारोहमा प्रयोग हुने बाहेक अन्य आमन्त्रीतले लगाएका गहना वा अन्य कुराहरुको बीमा विवाह बीमा पोलिसीमा समावेस गरिदैन् । अर्को महत्वपूर्ण कुरा  : विवाह बीमामा तपाईको वेडिगं रिग सामेल हुन्छ तर इगेज्मेन्ट रिगं भने सामेल हुँदैन् ।
बीमा कम्पनीले विवाहको मिति तय भएपछि विवाह बीमा पोलिसी विक्रि गर्छन् । पोलिसी खरिद गर्न चाहानेले पनि विवाहको मिति तय भएपछि यो पोलिसी खरिद गर्नु उपयुत्त हुन्छ ।
युएस टुडे पत्रिकाका अनुसार सन् २००७ यता विवाह बीमा निकै लोकप्रिय बनेको छ । अमेरीकामा विवाहको औसत खर्च ३० हजार अमेरीकी डलर हुन्छ । युरोपमा १ सय ५५ अमेरीकी डलर देखी ५ सय ५० अमेरीकी डलर प्रिमियम सम्मका विवाह बीमा पोलिसीहरु खरिद गर्न पाईन्छ । युरोपियन अभ्यासमा विवाह बीमाको दुर्घटना कभरेज १० लाख अमेरीकी डलर सम्मको हुने गरेको छ ।
भारतमा भविष्य जनरल इन्स्योरेन्स, एचडिएफसि एर्गो र आईसीआईसी लोम्र्बाड कम्पनीले विवाह बीमा गराउँदै आएका छन् । यी कम्पनीले विवाह, पार्टि भेन्यु, साज सज्जा देखि विवाह ट्राभल जस्ता विभिन्न जोखिमहरुको बीमा गर्ने गर्छन् । जीवनको महत्पूर्ण समयलाई तनावमुक्त बनाउन विवाह बीमा फलदायी हुन्छ ।

विवाह बीमा गराउने विश्वकै उत्कृष्ट ५ कम्पनी

१.मार्कल वेडिगं इन्स्योरेन्स

न्युनतम ७५ अमेरीकी डलर प्रिमियम भुत्तानी गरेमा यो कम्पनीले विवाहको बीमा गर्छ ।
यस कम्पनीले विभिन्न १० प्रकारका जोखिमको भुक्तानी गर्ने गर्छ । विवाहको २४ घण्टा आगाडी सम्म पनि बीमा गर्न सकिने सुविधा रहेको यो कम्पनीले अमेरीका बाहेकका अन्य ४ वटा देशमा समेत विवाह बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

२.वेड सेफ

५ लाख अमेरिकी डलर देखी ५० लाख अमेरिकी डलर सम्मको कभरेज गर्ने यो कम्पनीले विभिन्न १० वटा जोखिमको बीमा गर्दै आएको छ । अमेरिका भित्र मात्रै विवाह बीमा गराउने यो कम्पनी दाबी भुत्तानीका लागि २४ सै घण्टा खुल्ला रहने बताईन्छ ।

३. वेड स्योर

न्युनतम ९५ अमेरीकी डलर प्रिमियम तिरेर विवाह बीमा गर्न सकिने यो कम्पनीले २० लाख सम्मको कभरेज गर्ने गर्छ ।

 

 

 

 

४.वेडिगं प्रोटेक्टर प्लान

यो कम्पनीले अमेरीका भित्र मात्रै नभई अमेरीका बाहिर पनि आवश्यकता अनुसार विवाह बीमा गर्दै आएको छ । विभिन्न १० वाट शिर्षकमा बीमा गराउने यो कम्पनीले १ लाख देखी १० लाख अमेरीकी डलरसम्मको दाबी भुत्तानी गर्ने गर्छ ।

 

५.ईभेन्ट हेल्पर डट कम

यो कम्पनीले पनि विभिन्न १० वाट शिर्षक अन्र्तगत बीमा गराउने गर्छ । २० देखी ३० लाख अमेरीकी डलरसम्मको बीमा गर्न सकिने यो कम्पनीले एक भन्दा धेरै स्थानमा एउटै विवाहको बीमा गर्ने सुविधा उपलब्ध गर्छ ।

स्रोत : विभिन्न अन्र्तर्राष्ट्रिय समाचार संस्था

यो पनि पढ्नुहोस  :

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....