Nepal Life Insurance

दशै पछि खुलेको नेप्सेमा सामान्य सुधार, कारोबार भने न्युन

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलवार १५:४६

Beema News

बीमा न्युज,
असोज १७, काठमाडौ । दशैको लागि एक साता बन्द भएको नेप्से आज मंगलबार खुलेको छ । दशै अघि बन्द हुने बेलामा सकारात्मक देखिएको नेप्से आज मंगलबार पनि सुधारिएको छ । नेप्से बजार सुधारिएपनि कारोबार भने थोरै मात्रमा भएको छ ।

मंगलबार नेप्सेसंगै बीमा समुहमा पनि सामान्य सुधार देखिएको छ । समग्र नेप्सेमा छ दशमलव ८९ अंकले सुधार हुदा बीमा समुहमा भने नौ दशमलव २२ अंकको सुधार आएको हो ।

 

मंगलबार बीमा समुहमा नौ दशमलव २२ अंकको सुधार हुदाँ शुन्य दशमलब ११ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार चार सय ९३ दशमलब ५८ विन्दुमा रोकिएको छ । मंगलबार बीमा समुहको कारोबार भने एक करोड ३१ लाख ११ हजार छ सय मात्रै भएको छ ।

मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनी मात्रै पर्न सफल भएका छन् । दुई कम्पनीमा २४ लाख बराबरको कारोबार भएर नेशलन लाइफ सुचिको आठौं स्थानमा रहेको छ भने २१ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको अन्तिम स्थानमा पर्न सफल भएको छ ।

 

 

कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै ४४ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन भने गुमाउनेमा एनबी इन्स्योरेन्स कम्पनी मात्रै रहेका छन् ।

मंगलबार नेप्से छ दशमलब ८९ अंकले बट्दा १५ सय ५६ दशलमब ३५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा एक सय २० कम्पनीका दुई लाख ६९ हजार सात सय ७६ कित्ता शेयरहरु दुई हजार ४५ कारोबारबाट १४ करोड ५२ हजार एक सय ५० रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....