Nepal Life Insurance

नयाँ कम्पनीको आगनमसंगै बीमा योजना ल्याप्स हुने संभावनामा बृद्धि

प्रकाशित मिति: १७ आश्विन २०७४, मंगलवार १५:५४

सागर चन्द

बीमा न्युज,
असोज १७, काठमाडौँ ।
बजारमा नयाँ कम्पनीहरुको प्रवेशसँगै बीमा योजना ल्याप्स (व्यतित) हुने क्रम बढ्न सक्ने विज्ञहरुले अनुमान गरेका छन् । नयाँ कम्पनीका कारण बीमितहरुले पुराना बीमा योजनालाई निरन्तरता नदिएको खण्डमा योजना ल्याप्स हुने क्रम बढ्ने विज्ञहरुको बुझाई रहेको छ ।
नेपाली बीमा बजारमा हालै मात्र नयाँ बीमा कम्पनीहरुले प्रवेश गरेका छन् । बीमा समितिबाट नौ वटा जीवन बीमा कम्पनीहरुले सञ्चालन अनुमति लिएका छन् । जसमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, सन लाईफ र युनियन लाईफ इन्स्योरेन्स, ज्योति लाईफले औपचारीक रुपमा कारोबार संञ्चालन गरिसकेका छन् । त्यस्तै अन्य कम्पनीले पनि छिट्टै नै कारोबार संञ्चालन गर्ने तयारीमा रहेका छन् । यस अघि नै नेपाली बीमा बजारमा नौ वटा जीवन बीमा कम्पनी सञ्चालित छन् ।
जीवन बीमा योजना खरिद गरी सकेपछि बीमितले इच्छा अनुसार त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । बीमा योजना नविकरण गर्दा कम्पनीले एक महिना ग्रेस पिरियड दिन्छ । तर, उक्त अवधिसम्म पनि योजना नविकरण नगरेमा कम्पनीले निश्चित अवधिसम्म जरिवाना लिएर नविकरण गर्न सकिन्छ । यदि बीमितले थप अवधिभित्र पनि बीमाशुल्क भुक्तान नगरेमा योजना ल्याप्स हुन्छ ।
बीमा योजना ल्याप्स हुँदा बीमित र बीमक दुवै घाटामा जान्छन् । नयाँ कम्पनीको प्रवेशले निरन्तर चलि रहेका बीमा योजना पनि ल्याप्स हुन सक्ने जोखिम रहेको बीमा विज्ञ उदय राज अधिकारीको भनाई छ । “यदि बीमितले नयाँ कम्पनीमा पनि नयाँ योजना खरिद गरयो भने राम्रो हुन्छ । अन्यथा पुराना कम्पनीहरु समस्या पर्न सक्नेछन्,” उहाँले भन्नुभयो ।
बीमा योजना ल्याप्स हुने क्रम रोक्न बीमितहरुलाई सचेत गराउनु पर्ने सरोकारवालाहरु बताउँछन् । बीमित आफै सचेत भएको अवस्था ल्याप्स हुने सम्भावना कम रहन्छ । त्यस्तै, नयाँ कम्पनीहरुले बजारमा प्रतिस्पर्धा सृजना गर्ने भएकाले कम्पनीहरु पूर्व तयारीमा जुट्न पर्ने विज्ञहरुको भनाई रहेको छ ।


यो पनि पढ्नुहोस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....