Nepal Life Insurance

लगानीको क्षेत्र खोज्दै जीवन बीमा कम्पनी

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार १०:३७

Beema News

बीमा न्युज,

असोज १८, काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको दायरा बढाउनु पर्ने भन्दै आवाज उठाउदै आएका छन् । कम्पनीहरुको दायित्व लामो अवधि हुने तर, लगानीको क्षेत्र भने छोटो अवधिको हुने भएकाले लगानीका अन्य विकल्प खोज्न समितिलाई अनुरोध गरेका छन् ।

बीमा ऐन अनुसार बीमकहरुले लगानी योग्य रकमलाई समितिले तोकेका क्षेत्रहरुमा लगानी गर्न पाउँछन् । जीवन बीमा कम्पनीको लगानी निर्देशिका अनुसार कम्पनीहरुले निश्चित क्षेत्रमा निश्चित प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ । निर्देशिका अनुसार कम्पनीहरुले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्रमा कुल लगानीको २५ प्रतिशत नघट्ने गरी “क” वर्गमा लगानी गरिएको हुनुपर्नेछ । बाणिज्य बैंकको मुद्धती निक्षेपमा ३५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै, विकास बैंकको मुद्धतीमा १५ प्रतिशत, नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजनामा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

 


त्यस्तै बीमकहरुले बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा, वित्त कम्पनीको मुद्धती निक्षेपमा र पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १०÷१० प्रतिशत लगानी गर्न पाउँछन् भने उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत र इन्भेष्टमेण्ट कम्पनीको शेयरमा २ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

 

समितिले लगानीका लागि विभिन्न क्षेत्रहरु तोके पनि जीवन बीमा कम्पनीहरु भने दीर्घकालीन लगानीको उपयुक्त क्षेत्र नभेटिए गुनासो गर्दै आएका छन् । जीवन बीमा कम्पनीहरुको दायित्व लामो अवधि हुने तर, लगानीका क्षेत्रहरु छोटो अवधिको हुने हुँदा कम्पनीहरुले उच्च प्रतिफल प्राप्त गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् । त्यसैले सरकारले अन्तराष्ट्रिय अभ्यास हेरेर नेपालका जीवन बीमा कम्पनीलाई लगानीका नयाँ नयाँ क्षेत्रहरु छुट्टाउनु पर्ने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको भनाई छ ।

आर्थिक वर्ष २०७१\७२ मा कम्पनीहरुले ९३ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७०÷७१ मा ७९ अर्ब १२ करोड, आर्थिक वर्ष २०६९\७० मा ६४ अर्ब ३४ करोड लगानी

हाल अधिकांश कम्पनीहरुले बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप अधिक रकम लगानी गर्दै आएका छन् । यदि भोलिका दिनमा वित्तिय संस्थामा संकट पर्ने हो भने बीमा कम्पनीहरु पनि धरासयी हुने सूर्या लाईफका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो । त्यसैले लगानीको लागी अन्य क्षेत्रको खोजी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

जीवन बीमा कम्पनीहरुको गरेको आग्रह स्वभाविक रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताउनुभयो । यद्यपी बीमा कम्पनीहरुमा कुनै पनि समय दाबी पर्न सक्छ । त्यसैले यसका लागी पनि कम्पनीहरु तयार रहनु पर्ने उहाँको भनाई छ । “जीवन बीमा कम्पनीको हकमा भने हामी छलफल गरेर आवश्यक परे लगानीका अन्य विकल्पको खोजी गर्नेछौ,” उहाँले भन्नुभयो ।

 

पाँच बर्षमा दुई गुणाले बढ्यो लगानी

 

विगत पाँच बर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको लगानी दुई गुणा भन्दा धेरैले बढेको छ । बीमा समितिको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२\७३ सम्ममा जीवन बीमा कम्पनीहरुको लगानी एक खर्ब १८ अर्ब पुगेको छ । आर्थिक वर्ष २०६८\६९ मा भने कम्पनीहरुले ५४ अर्ब ५० करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।


पाँच बर्षको अवधिमा नेपाल लाईफ, एशियन लाईफ, सूर्या लाईफ, गुराँस लाईफ र प्राईम लाईफको लगानी ३ गुणा भन्दा धेरैले बढेको हो । राष्ट्रिय बीमा संस्थान लगानी भने १९ प्रतिशतले घटेको छ । त्यस्तै, मेट लाईफको लगानी करिब दुई गुणाले र लाईफ इन्स्योेन्स कर्पोरेशनको करिब तीन गुणाले बढेको छ । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्सको दुई गुणा भन्दा धेरैले बढेको छ ।

समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१\७२ मा कम्पनीहरुले ९३ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७०\७१ मा ७९ अर्ब १२ करोड, आर्थिक वर्ष २०६९\७० मा ६४ अर्ब ३४ करोड लगानी गरेका थिए ।

 

जीवन बीमा कम्पनीहरुको विगत पाँच बर्षको लगानी विवरण

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....