बीमा न्युज,
असोज १८, काठमाडौं । नेपाली बीमा बजारमा नयाँ बीमा कम्पनीहरु थपिदै छन् । बीमा समितिबाट हालै १० वटा जीवन बीमा कम्पनीले अनुमति लिएर संचालनमा आइसकेको छ भने चार र्निजीवन बीमा कम्पनी संचालनको लागि समितिको निणर्यको पर्खाइमा छन् । बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरुको आगमनसंगै रोजगारीको अवसर समेत जुटेको छ ।
बीमा कम्पनीहरुमा प्रत्यक्ष रुपमा निश्चित जनशक्तिले मात्रै रोजगार पाएपनि अभिकर्ताको रुपमा भने धेरैले अवसर पाउने भएको हो । एउटा बीमा कम्पनीका लागि कम्तीमा पाँच हजार अभिकर्ताहरु आवश्यकता पर्ने बीमा कम्पनीका मानव संशाधन बिभागका कर्मचारीहरुले जनाएका छन् ।
एउटै बीमा कम्पनीले कम्तिमा पाँच हजार एजेन्ट राख्ने भएपछि १० बीमा कम्पनीका लागि ५० हजार एजेन्टको आवश्यकता हुन्छ । एजेन्टहरुले आफ्नो क्षमता र खटाइ अनुसार मासिक पाँच हजार देखि एक लाख रुपैंयाँ भन्दा बढी कमाउँन सक्छन् । फेरी बीमा अभिकर्ता बन्न कुनै समयमा बाधिँनु पर्दैन् । आफ्नो दैनिकीलाई निरन्तरता दिदै अभिकर्ता पेशालाई अपनाउन सकिन्छ । अब तपाईको आफ्नै गाँउघर मै बसेर अभिकर्ता बन्ने मौका पाउदै छ । तर तपाईहरुलाई कसरी अभिकर्ता बन्ने भन्नेबारे थाहा नहुन पनि सक्छ ।
कसरी बन्न सकिन्छ ? बीमा अभिकर्ता
बीमा अभिकर्ता बन्नका लागि बीमा समितिबाट मान्यताप्राप्त संस्थाबाट बीमा व्यवसायको तालिम लिएको प्रमाणपत्र आवश्यक हुन्छ । तालिम लिन एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । बीमा अभिकर्ता भएको प्रमाणपत्र प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ । जीवन बीमाका अभिकर्तालाई बीमाशुल्कको २.५ देखि ५ प्रतिशतसम्म कमिशन पाउने व्यवस्था छ । बीमा योजना र बीमितको बीमा समयावधि अनुसार कमिशनको प्रतिशतमा फरक हुन सक्छ ।बिमा अभिकर्ता हुन आवश्यक योग्यता तथा गुण ;
न्यूनतम योग्यता एसएलसी उत्तीर्ण
आर्थिक हिनामिना नगरेको व्यक्ति
नम्र स्वभाव, अरूलाई सम्मान गर्ने
अरूको विचार सुन्ने, धैर्यवान
अरूलाई कुरा बुझाउन सक्ने
मिहिनेती तथा दृढ इच्छाशक्ति भएको
समुदायमा कमाउन तथा बचत गर्न पनि सिकाउन सक्ने व्यक्ति
बीमासम्बन्धी ऐन–नियम तथा कानुन जानकारी भएको
यो पनि पढ्नुहोस्…
म पोलिसी हैन आईडिया सेल गर्छु : अञ्जन भण्डारी, बीमा अभिकर्ता
सफल बीमा अभिकर्ता बन्नका लागि पढ्नै पर्ने दश पुस्तक
सक्रिय अभिकर्ताको खोजीमा बीमा कम्पनी
सफल अभिकर्ता कसरी बन्ने ? १० टिप्स् ।