बीमा न्युज,
असोज १८, काठमाडौ । दशै पछि खुलेको नेप्सेमा हिजो मंगलबार सामान्य सुधार देखिए पनि आज बुधबार भने फेरी गिरावट देखिएको छ ।
बुधबार नेप्सेसंगै बीमा समुहमा पनि सामान्य गिरावट देखिएको छ । समग्र नेप्सेमा १३ दशमलव ७० अंकले घट्दा बीमा समुहमा ३५ दशमलव २३ अंकको घटेको छ ।
बुधबार बीमा समुहमा ३५ दशमलव २३ अंकले गिरावट आउदाँ शुन्य दशमलब ३५ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार चार सय ५८ दशमलब ३५ विन्दुमा रोकिएको छ । बीमा समुहको कारोबार भने पाँच करोड ७८ लाख ३७ हजार चार सय भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनी मात्रै पर्न सफल भएका छन् । दुई कम्पनीमा १८ करोड २२ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको पहिलो स्थानमा रहेको छ भने सात करोड बराबरको कारोबार भएर लाइफ इन्स्योरेन्स कम्पनी सुचिको आठौं स्थानमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै १८५ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा सुर्या लाइफ मात्रै रहेका छन् भने गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेका छैनन् ।
बुधबार नेप्से १३ दशमलब ७० अंकले घट्दा १५ सय ४२ दशलमब ६५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा एक सय ४४ कम्पनीका छ लाख ६० हजार ४३ कित्ता शेयरहरु दुई हजार पाँच सय १९ कारोबारबाट २७ करोड ९७ लाख ५२ हजार आठ सय ६० रुपैँयामा किनबेच भएका छन् ।