Nepal Life Insurance

तत्काल बीमा संस्थानलाई कारवाही नहुने, लेखापरिक्षण गर्न थाले संस्थान र कम्पनीले

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार १०:१५

Beema News

बीमा न्युज,
काठमाडौ । महालेखापरीक्षकको कार्यलयले राष्ट्रिय बीमा संस्थानलाई तत्काल कारवाही नगर्ने भएको छ । कार्यलयले संस्थानले भदौ अन्तिमसम्म हालसम्मको वित्तिय विवरणको लेखापरिक्षण नगरे कारवाही गरिने बताए पनि अहिलेलाई भने कुनै पनि कारवाहीको प्रक्रिया अगाडी नबढाईएको जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानले विगत एक दशक देखि वित्तिय विवरण बीमा समितिमा बुझाएको छैन । समितिले ताकेता गर्दा पनि संस्थानले लामो समय देखि विवरण बुझाएको थिएन । यसै क्रममा माहालेखा परिक्षकको कार्यलयले संस्थानलाई भदौ अन्तिममसम्मा लेखा परिक्षण गरिसक्न चेतावनी दिएको थियो । तोकिएको समयमा लेखा परिक्षण नगरे कारवाही गरिने समेत बताएको थियो । संस्थानले कार्यलयले दिएको अवधि भित्रमा सम्पूर्ण लेखा परिक्षण नगरे पनि लेखापरिक्षण गर्ने कार्यलाई भने तिव्रता दिएको छ । त्यसैले कारवाही गरि हाल्नु पर्ने अवस्था नरहेको कार्यलयका नायव महालेखा परिक्षक रामु प्रसाद डोटेलले बताउनुभयो । “काम गरि रहेको छ भने कारवाही नै किन गरिहाल्ने ?,” उहाँले भन्नुभयो ।

 

 

माहालेखापरीक्षकको कार्यलयका अनुसार संस्थानले आव २०६६\६७ देखि २०६८\६९ सम्मको वित्तिय विवरण प्रमाणित गरिसकेको छ । तर, प्रारम्भिक प्रतिवेदनको जवाफ भने आउन बाँकी रहेको बताइएको छ । त्यस्तै, त्यसपछिका आव देखि आव २०७१\७२ सम्मको लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति भै सकेको समेत बताएको छ । आव २०७२\७३ को वित्तीय विवरण तयारीको क्रममा रहेको कार्यलयले जनाएको छ ।

त्यस्तै, विगत लामो समय देखि वित्तिय विवरण नबुझाएको राष्ट्रिय बीमा कम्पनीले पनि आव २०६६\६७ देखि ३०६८\६९ सम्मको विवरण प्रमाणित गरेको तर प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको कार्यलयले जनाएको छ । साथै आव २०६९\७० पछिको लेखापरिक्षण गर्न लेखापरिक्षक नियूक्ति भई यथाशिघ्र लेखापरिक्षण सक्ने कार्ययोजना तयार गरेको जनाएको छ ।

समितिको निर्देशन अनुसार वीमकहरुले बीमाङ्कीय मूल्याङकन गर्नको लागि आर्थिक बर्ष समाप्त भएको दुई महिना भित्र नै समितिसँग स्वीकृति लिनुपर्नेछ । त्यस्तै, आर्थिक वर्ष समाप्त भएको चार महिना भित्रमा लेखापरिक्षण सहितको विवरण बुझाउनु पर्नेछ । छ महिना भित्रमा बार्षिक साधारण सभा गरि सक्नु पर्नेछ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....