Nepal Life Insurance

पशुपालन व्यवसायमा लागनी सुरक्षाका लागि ; पशुबीमा

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार १४:४९

Beema News

बीमा न्युज,
काठमाडौ । नेपालको कृषि प्रणली निर्वाहमुखिवाट क्रमिक रुपमा व्यवसायिकरण हुँदै गएको छ । कृषि पेशामा व्यवसायिक रुपले स्थापित हुनको लागि कृषि बालीमा आइपर्ने संभावित जोखिमका लागि बीमा अहिले अनिर्वाय सर्त भैसकेको छ । कृषि व्यवसायमा संलग्न कृषक, व्यवसायि तथा उद्यमीहरुको आत्मविश्वास पनि अहिले कृषि बीमा भएको छ । कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफ्नो व्यसायलाई विस्तार गर्न, लगानीको सुरक्षित र जोखिम कम गर्नेको लागि र्निजीवन बीमा कम्पनीहरुले कृषि बीमा अन्र्तगत पशु बीमा योजनाहरू संचालनमा ल्याएका छन् ।

पशु धनीहरुले आफ्नो पशुहरुमा हुन सक्ने जोखमवाट सुरक्षित रहन गरिने बीमा नै पशु बीमा हो । बीमा अवधिमा पशुधनहरुको क्षति वा नोक्सानी भएमा बीमाङ्क को सीमा भित्र रही सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ ।

 

बीमालेखले रक्षावरण गर्ने जोखिम

पशुधन बीमा अन्र्तगत आगलागि, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक\दुर्घटनाजन्य बाह्य कारणहरु, रोगबाट हुने हानि–नोक्सान जस्ता जोखिममा बीमकले क्षतिपुर्ति वापतको रकम प्रदान गर्नेछ । जस अन्र्तगत पशु मृत्यु भएमा बीमाङ्क रकमको ९० प्रतिशत, पूर्ण स्थायी रुपमा अशक्त भएमा बीमाङ्क रकमको ५० प्रतिशत र पूर्ण स्थायी रुपमा थुनेलो भएमा बीमाङ्क रकमको ३० प्रतिशत भुक्तानी बीमकले बीमितलाई गर्दछ् । तर पशु धनीले बीमालेखमा उल्लेख गरिएको सर्तहरू भने अनिवार्य पालना गर्नु पर्दछ् । पशुधनलाई तन्दुरुस्त राख्नको लागि बीमित पशुधनको मालिकले आफ्नो पशुलाई समय समयमा प्राविधिकबाट पशुको स्वास्थ जाँच गराउनु पर्नेछ ।

बीमा गरिएको पशुको सम्बन्धमा कुनै विवरण थपघट गर्नु परेमा पशुधनीले बीमकलाई लिखित जानकारी दिनु पर्नेछ । पशुधनको बीमा गर्ने पशुधनीले बीमालेखलाई निरन्तरता दिन तोकिएको बीमाशुल्क बीमक वा भुक्तानी गर्ने स्थान तोकिएको भए सोही स्थानमा बीमाशुल्क बुझाई प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ । यस बीमालेख अन्तर्गत बीमित पशुधन मरेको तीन दिनभित्र बीमित पशुधनी वा निजको प्रतिनिधिले बीमकलाई लिखित जानकारी गराउनु पर्नेछ ।

 

प्रजनन् तथा उत्पादनका लागि पालिने बीमित पशुधन (गाई, बहर, भैँसी, राँगा, घोडा, गधा, खच्चड, चौँरीगाई, याक र नाक, भेडा, बाख्रा, बोका, च्याङ्ग्रा, बंगुर आदि ) को स्थायी रूपले पूर्ण रूपमा अनुत्पादक तथा अशक्त भएको प्रमाणित भएमा बीमाङ्कको ५० प्रतिशत क्षतिपूर्ति प्रदान गरिनेछ । यस बीमालेखमा उल्लेख भए बाहेक अन्य बन्देज र सर्त तथा सुविधाहरू “बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ बमोजिम हुनेछ । पशुधनको बीमा गर्दा बीमितले प्रस्ताव फारामसँग प्राविधिकको प्रमाणपत्र अनिवार्य रुपले संलग्न गर्नुपर्नेछ । तर नवीकरणको हकमा सो प्रावधान लागु हुने छैन ।

 

दाबी सम्बन्धी प्रकृया 
बीमित पशुधन मरेमा वा पूर्ण स्थायी रुपमा अशक्त भएमा सोको कारण खोली बीमित पशुधनीले पन्ध्र दिनभित्र सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, बीमित पशु मरेको प्रमाण–पत्र सम्बन्धित गा.वि.स.को पशु सेवा केन्द्र वा पशु सेवा केन्द्रका प्राविधिक वा मान्यता प्राप्त पशुसेवा प्राविधिकबाट प्रमाणित गराएको प्रमाणपत्र, गा.पा , न.पा, वडा, कम्तीमा सबभन्दा नजिकको दुईजना छिमेकीको सर्जमिन मुचुल्का, बीमित पशुधनमा लगाएको सङ्केत पट्टा, स्थायी रूपले पूर्ण रूपमा अनुत्पादक तथा अशक्त भएको अवस्थामा जिल्ला पशु सेवा कार्यालयका प्रमुख वा सो कार्यालयको पशु चिकित्सकबाट प्रमाणित कागजात बीमक समक्ष पेस गर्नु पर्नेछ ।

बीमालेख रद्द हुने अवस्था

बीमित पशुधनको सम्बन्धमा सत्य तथ्य कुरा लुकाइ छिपाई झुट्टा विवरण दिएको पाइएमा बीमालेख स्वतः रद्द हुनेछ । बीमित पशुधनलाई बीमा अवधि समाप्त नहुँदै बिक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्द हुनेछ । तर बीमकको स्वकृति लिई बीमालेख हस्तान्तरण गर्न सकिनेछ ।

बीमित पशुधनको दाबी नलाग्ने अवस्था

बीमित पशुधन हराएमा वा चोरी भएमा, पशुधन नाश भएको निर्धारित अवधिभित्र दावी प्रकृया शुरु नगरेमा पशुधनको दाबी गर्न सकिने छैन । बीमित पशुधनको बीमाशुल्क नबुझाएको अवस्थामा र नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा, बीमित पशुधनको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा, बीमित पशुधनमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि पाँच किलोमीटरभन्दा बढीको दूरीमा दुर्घटना भएमा पशुधनको दाबी लाग्ने छैन् ।

 

बीमायोग्य उमेर 
स्थानीय तथा उन्नत जातको गाई २ वर्ष (अथवा पहिलो वेत भएको) देखि १० वर्षसम्म, भैसी ३ वर्ष (अथवा पहिलो वेत भएको) देखि १२ वर्षसम्म, स्थानीय तथा उन्नत नश्लको बाँच्छी–कोरेली वा पाडीको ६ महिनादेखि २ वर्षसम्म, प्रजननको लागि उन्नत नश्लको साँढे वा राँगाको ३ वर्षदेखि ७ वर्षसम्म, ढुवानी वा जोत्नको लागि गोरु वा राँगा ३ वर्षदेखि १२ वर्षसम्म, भेडा, बाख्रा र बंगुर ३ महिनादेखि बिक्रीका लागि तयार हुने अवधिसम्म पशुहरू बीमाको लागि योग्य हुनेछ ।

यो पनि पढ्नुहोस्…

पशुधन दाबी बापत साढे एक करोड भुक्तानी

कृषि बीमा बजेटमा ३ गुणाले बृद्धि

जान्नुहोस् के हो ? कृषि बीमा…

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....