Nepal Life Insurance

दम्पतीका लागि जीवन बीमा योजना

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार ११:१३

Beema News

बीमा न्युज,
काठमाडौं । के तपाई विवाहित हुनुहुन्छ वा विवाह गर्ने योजनामा हुनुहुन्छ ? विवाह पछी तपाईको जीवनमा धेरै परिवर्तन आउँछन् । विवाह अगाडी तपाई आफनो लागी मात्रै बाच्नु हुन्छ भने विवाह पछाडी तपाईको जीवनसँग धेरैको जीवन जोडिएर आउँछ । श्रीमान, श्रीमती छोरा छोरी । जसको लागी नै तपाई बाँच्नु पर्ने हुन्छ ।

तर, यदि तपाईलाई केही भयो भने के तपाईले आफनो जीवन साथी (श्रीमान\श्रीमती) को लागी सुरक्षा अपनाउनु भएको छ त ? वा भोलि तपाई नहुँदाको अवस्थामा पनि तपाईको सन्ततीको आर्थिक अवस्था के होला भनेर सोच्नु भएको छ ?

 

पक्कै पनि सोच्नु भएको छैन । हामीमध्ये अधिकांशले यस बिषयमा सोचेका हुँदैनौ । बास्तवमा कुनै पनि मानिस आफनो मृत्यूको बारेमा सोच्न नै चाहदैन । तर, यो धुब्र सत्य हो । जन्मे पछाडी मानिसको मृत्यू निश्चित छ । तर, कहाँ, कसरी र कुन अवस्थामा भन्ने बारेमा भने मानिस सधै अनभिज्ञ नै रहन्छ । त्यसैले अचानक हुन सक्ने सम्भावित दुर्घटनालाई आकलन गरी सुरक्षा अपनाउनु नै बुद्धिमत्ता हुनेछ ।

यदि तपाई आफनो जीवन साथीलाई माया गर्नुहुन्छ भने आजै आर्थिक सुरक्षा कवच पनि प्रयोग गनुृहोस् । ताकी तपाई नभएको अवस्थामा पनि तपाईको साथीले सहज जीवन यापन गर्न सकोस् । यसको उत्तम विकल्प भनेको बीमा हो । उसो त बीमा कम्पनीहरुले बजारमा विभिन्न खालका बीमा योजनाहरु सञ्चालनमा ल्याएका छन् । तर, केही बीमा कम्पनीहरुले दुवै दम्पतीलाई एउटै योजनामा समेट्ने गरी विभिन्न खालका योजनाहरु बजारमा ल्याएका छन् ।

 

दम्पती बीमा योजना बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा योजना हो । श्रीमान्, श्रीमती (दम्पति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलसी भित्र दुवैको जीवन बीमा हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमुधुर सम्बन्धी स्थापित भईरहने छ ।

यो योजना अनुसार बीमा अवधि भित्र श्रीमान् श्रीमतीमध्ये कुनै एकको मृत्यू भएमा जिवित व्यक्तिले तत्काल बीमांक रकम प्राप्त गर्छ । तर, जिवित व्यक्तिले बाँकी रहेको अवधिको बीमाशुल्क भुक्तानी गर्नुपर्दैन । यद्यपी योजना भने निरन्तर चलीरहन्छ । बीमा अवधि समाप्त भएपछि जिवित व्यक्तिले बीमांक रकम र बोनश एकमुष्ट प्राप्त गर्छ ।

यस योजनाको साथमा केही शुल्क थप गरी बीमितले दोहोरो दुर्घटना लाभ, असक्त लाभ र बीमाशुल्क छुट सुविधा पनि लिन सकिनेछ ।

भुक्तानी हुने अवस्थाहरु
शिक्षित आय आर्जनमा गर्न सक्ने विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी कम्पनीहरुले यो योजना सञ्चालनमा ल्याएका हुन् । मुख्य गरी यस योजनाले निम्न अवस्थामा बीमांक रकम भुक्तानी दिन्छ ।

बीमाको समाप्ति मितिसम्म श्रीमान् श्रीमती दुवै जिवित रहेमा बीमा गरेको रकम (बिमांक) र त्यसमा पाईने बोनस समेत हिसाव गरि एकमुष्ट रकम दिईनेछ ।

बीमा अवधि समाप्त हुनु भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुइृ मध्ये कुनै एकको मृत्यू हुन गएमा जीवित व्यक्तिलाई बीमांक रकम भुक्तानी गरिन्छ । तर, यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ । तर, बाँकी अवधिमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुनः बीमांक रकम र शुरु देखिको बोनश रकम एकमुष्ट दिईन्छ ।

 

बीमा अवधि भित्र दुवै बीमितको मृत्यू हुन गएको अवस्थामा प्राप्त हुने बीमांक रकम र बोनश रकम निजहरुको इच्छाएको व्यक्तिलाई दिईन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिईने छ ।
दुर्घटना लाभ सुविधा लिएको अवस्थामा दुवै दम्पतिको दुर्घटनाको कारणले १८० दिनभित्र मृत्यू भएका दुर्घटनामा लाभ सुविधाको बीमांकको दोब्बर रकम इच्छाएको व्यक्ति वा बीमा ऐन २०४९ को दफा ३८ बमोजिम नजिकको व्यक्तिलाई भुक्तानी गरिनेछ । दुर्घटनाबाट बीमित दम्पतिमध्ये कुनै एकले मात्र मृत्यू भएमा दुर्घटना लाभ सुविधाको बीमांक बराबर थप रकम जीवित दम्पतिलाई दिईनेछ । दुर्घटना लाभ सुविधा भुक्तानी लिएपश्चात् जीवित दम्पतिको कुनै कारणले दुर्घटना भएमा पुन ः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन ।

राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानले “जीवन साथी” नामक बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि श्रीमान् श्रीमती दुवैको बीमा गर्न सकिन्छ । यस योजना अनुसार बीमितहरुमध्ये एकजनाको मृत्यू भएमा पुरै विमाकं बराबरको मृत्यू दाबी भुक्तानी दिईने तर, मृत्यूपछि बीमाशुल्क जिवीत बीमितले तिर्नु नपर्ने साथै विमालेख यथावत चालु रहन्छ । जिवित बीमितको मृत्यू भएमा वा बीमा अवधि भुक्तानी मितिसम्म निज जिवित रहेमा पुनः पुरा बीमांक र आर्जित बोनश एकमुष्ट भुक्तानी प्रदान गरिन्छ ।

 

बीमालेख प्रारम्भ भएको २ बर्ष पछि वीमितहरुले चाहेमा सम्पुर्ण मूत्य वा कर्जा प्राप्त गर्न सक्नेछन् । बीमितको उमेर ६५ बर्षसम्मको लागि कम्तिमा १५ बर्षको अवधि कायम हुने गरी बीमा गराउन सकिन्छ । बीमालेखमा प्रवेशका लागि बीमितको न्यूनत्तम उमेर १८ बर्ष र अधिकत्तम उमेर ५० बर्ष कायम गरि कम्तिमा १५ बर्ष र बढीमा ३० बर्षको बीमा अवधि राखेर बीमा गराउन सकिनेछ ।

 

नेपाल लाईफ इन्स्योरेन्स

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दम्पतीलाई लक्षित गरी “जीवन सारथी” नामक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्तिमा १८ बर्ष पुगेका र बढीमा ५० बर्ष पुगेका दम्पतीले यो योजना खरिद गर्न सक्नेछन् । यस्तो खालको बीमाको अवधि कम्तिमा १५ र बढीमा ३० बर्षको हुनेछ । यो योजना कम्तिमा ५० हजार र बढीमा विमितको आम्दानीको आधारमा गर्न सकिनेछ ।

 

नेशनल लाईफ ईन्स्योरेन्स
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती अमृत सावधिक” नामक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले श्रीमान् र श्रीमती दुवैको बीमा गर्न सकिन्छ । कम्तिमा पनि १८ बर्ष र बढीमा ६० बर्षसम्मका दम्पतीले यो योजना खरिद गर्न सक्छन् । यो योजना कम्तिमा ५ र बढीमा ३० बर्षसम्मको लागि खरिद गर्न सकिन्छ । बीमितले थोरैमा ५० हजार र बढीमा आम्दानीको स्रोतको आधारमा बीमांक रकम तोक्न सक्नेछन् । तर, श्रीमान् श्रीमतीको उमेर २० बर्ष भन्दा बढीको हुनुहुँदैन ।

 

 

एशियन लाईफ इन्स्योरेन्स

एशियन लाईफ इन्स्यारेन्स कम्पनीले “दम्पती सुरक्षा (संयुक्त सावधिक)” नामक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि दम्पतीको नै बीमा गर्न सकिन्छ । कम्तिमा १८ बर्ष पुरा गरेको र ५० बर्ष पुगेका दम्पतिले यो योजना खरिद गर्न सक्नेछन् । यो योजना कम्तिमा १५ बढीमा २५ बर्षसम्मको लागि खरिद गर्न सकिन्छ । बीमांक कम्तिमा ५० हजार र बढीमा बीमितको आयस्रोतको आधारमा तय गर्न सकिनेछ ।

 

यो पनि पढ्नुहोस्…

जोखिममुक्त विवाहका लागि विवाह बीमा

आजै बीमा गर्नुहोस भविष्यमा पछुताउनु पर्दैन् 

बीमा गर्दा यसरी छान्ने इच्छाइएको व्यक्ति

जीवन बीमा पोलिसी मिस सेलिङ हुन सक्छ !

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....