Nepal Life Insurance

युनियन लाइफले आईपिओ निष्कासन गर्ने

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार १०:५५

Beema News

बीमा न्युज,
असोज २३, काठमाडौं । युनियन लाइफले आईपिओ निष्कासनको गर्ने भएको छ । भर्खरै संचालनमा आएको युनियनले आईपिओ निष्कासनको लागि आगामी कात्तिक १३ गते पहिलो बार्षिक साधरणसभा राखेको हो । साधारणसभा बाट कम्पनीले १०० रुपैयाँ अंकित मुल्य बाराबरको ६४ लाख ५० हजार कित्ता आईपिओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

कात्तिक १३ गते हुने कम्पनीको पहिलो साधारण सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा गर्ने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रस्ताव राखिएको हो ।

 

कम्पनीले दुई अर्ब चुक्तापूँजीमा ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आईपिओ निष्कासनपछि संस्थापक ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व हुनेछ ।

त्यस्तै कम्पनीको अन्य प्रस्तावमा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती अनुमोदन गर्ने र संचालक समितिको निर्वाचन गर्ने लगायत रहेका छन् ।

 

२ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ ।

बीमा समितिबाट असार २० गते इजाजत पाएको युनियन लाइफले गत असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको भएपनि असोज ६ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....