Nepal Life Insurance

नेप्समा सामान्य सुधार, बीमा समुहमा भने गिरावट

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार १५:४४

Beema News

बीमा न्युज,
असोज २४, काठमाडौ । मंगलबार नेप्सेमा सामान्य सुधार भएपनि बीमा समुहमा भने सामान्य गिरावट आएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये विकास बैक, फाईन्न र अन्य समुह बाहेक सबैमा गिरावट देखिएको हो ।

 

नेप्सेमा शुन्य दशमलब ७४ अंकले बढ्दा बीमा समुहमा भने आठ दशमलब ९९ अंकले गिरावट आएको छ ।

मंगलबार बीमा समुहमा आठ दशमलब ९९ अंकले गिरावट आउदाँ शुन्य दशमलब ११ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय आठ दशमलब ९७ विन्दुमा झरेको हो । बीमा समुहको कारोबार भने पाँच करोड ७२ लाख ७२ हजार सात सय रुपैयाँ भएको छ ।

मंगलबार बीमा समुहको धेरै कारोबार गर्नेमा एक करोड चार लाख बराबरको कारोबार भएर नेपाल लाइफ मात्रै सुचिको पाँचौं स्थानमा रहेको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै एक सय १३ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा र गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।

 

मंगलबार नेप्से शुन्य दशमलब ७४ अंकको सामान्य सुधार हुदा १५ सय ०२ दशलमब ६३ विन्दुमा रोकिएको छ । नेप्सेमा एक सय ५५ कम्पनीका छ लाख ७४ हजार सात सय ८७ कित्ता शेयरहरु तीन हजार पाँच सय ५१ कारोबारबाट ३० करोड ७० लाख ६८ हजार तीन सय १९ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....