Nepal Life Insurance

स्वास्थ्य बीमा विधेयक पारित, सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार १२:०५

Beema News

बीमा न्युज,
काठमाडौं । स्वास्थ्य बीमा विधेयक संसदले पारित गरेको छ । मंगलबार बसेको बैठकले विधेयक पारित गरेको हो । दुई सातादेखि दफावार छलफलमा रहेको विधेयकलाई संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले अन्तिम रुप दिएको हो ।

पारित भएको उक्त विधेयकमा सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र यसका लागि छुट्टै स्वास्थ्य बिमा बोर्ड गठन गर्ने व्यवस्था राखिएको छ । सबै नागरिकलाई समावेश गरिने र नागरिकको संविधान प्रदत्त स्वास्थ्यको अधिकार अँझै ग्यारेन्टी हुने मन्त्री पोखरेलले संसदहरुले संसदलाई संबोधन गर्ने क्रममा बताउनुभयो । ’यो नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धि हो’, मन्त्री पोखरेलले भन्नुभयो ।

महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसद्को मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।

 

संसदले पारित गरेको विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण भएपछि लागु हुनेछ । ऐन लागू भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको परिवार र औपचारिक क्षेत्रमा कार्यरत व्यक्ति अनिवार्य रूपमा बिमामा आबद्ध हुनुपर्नेछ ।

विधेयकको मस्यौदा पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा स्वास्थ्य मन्त्रालयले अन्तिम रुप दिएर अगाडि बढाएको थियो । पूर्व मन्त्री थापाले अगाडि बढाएको उक्त विधेयकलाई हालका मन्त्री गिरिराजमणि पोखरेलले आवश्यक परिमार्जन गर्दै प्रकृया अगाडि बढाएका हुन् ।

पढ्न छुटाउनु भयो कि ?

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....