Nepal Life Insurance

बाढीको दाबी भुक्तानी सुरु, सवा दुई करोड भुक्तानी

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार १२:५२

Beema News

बीमा न्युज,
काठमाडौं । गत साउन महिनामा तराई क्षेत्रमा गएको बाढीका कारण परेको दाबीको बीमा कम्पनीहरुले भुक्तानी गर्न थालेका छन् । हालसम्म कम्पनीमा परेको दाबीमध्ये सवा दुई करोड रुपैयाँ भुक्तानी भएको छ । पाँचवटा कम्पनीहरुले ३० वटा दाबी बापत उक्त रकम भुक्तान गरेका हुन् ।

 

बाढी कारण १७ वटै निर्जीवन बीमा कम्पनीहरुमा दाबी परेको थियो । तर, हालसम्ममा नेशनल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल र शिखर इन्स्योरेन्सले मात्रै भुक्तानी गरेका छन् । सर्भेयरको प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी प्रकृया लब्बिने गरेको समितिले जनाएको छ । उक्त कम्पनीहरुले ३० वटा दाबी बापत २ करोड २२ करोड रुपैयाँ भुक्तान गरेको छ ।

 

नेशनल इन्स्योरेन्सले सबैभन्दा बढी दाबीको भुक्तानी गरेको छ । कम्पनीले हालसम्म २२ वटा दाबीको भुक्तानी गरिसकेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ४, सगरमाथाले २ र युनाईटेड तथा प्रुडेन्सियल इन्स्योरेन्सले १÷१ वटा दाबीको भुक्तानी गरेका छन् ।

 

त्यस्तै, नेशनलले २४ लाख ८७ हजार भुक्तानी गरेको छ । सगरमाथा इन्स्योरेन्सले ८० लाख ५० हजार, युनाइटेड ६३ लाख २१ हजार, प्रुडेन्सियल ५० लाख र शिखर इन्स्योरेन्सले २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

 

बाढी पारेका कम्पनीहरुमा ७०२ वटा दाबी बापत २ अर्ब २२ करोड रुपैयाँ दाबी परेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....