बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्स रोजगारको अवसर खुलाएको छ । बुधबार एक सुचना जारी गर्दै शिखरले ८० भन्दा बढी कर्मचारी मागेको हो ।
कम्पनीले २ जना असिस्टेन्ट म्यानेजर, मार्केटिङ डिपार्टमेन्टका लागि केही म्यानेजर र असिस्टेन्ट म्यानेजर, कर्पोरेट अफिसमा काम गर्ने गरी मार्केटिङ डिपार्टमेन्टकै लागि अफिसर तथा असिस्टेन्ट १० जन लगायतको पदमा रोजगारको लागी आबेदन आह्वान गरीएको हो । यस्तै बैंकासुरेन्स विभागका लागि ४ जना अफिसर तथा असिस्टेन्ट, अकाउण्ट डिपार्टका लागि ५ जना असिस्टेन्ट, रिइन्स्योरेन्स डिपार्टमेन्टका लागि २ जना असिस्टेन्ट, अण्डर राइटिंग डिपार्टमेन्टका लागि १० जना अफिसर तथा असिस्टेन्ट र विभिन्न शाखा कार्यालयमा काम गर्ने गरी ५० जना अफिसर र असिस्टेन्ट मागिएको छ ।
इच्छुक योग्य व्यक्तिले आफ्नो बायोडाटा सहित आबेदन दिनुपर्दछ् ।