बीमा न्युज,
काठमाडौं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुधबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत साउदले सरोकारवाला निकायहरुको सल्लाह र सुझाव अनुसार पुँजी बजारको विकासमा लागिपर्ने बताउनुभयो । कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रममा साउदले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यारम्भ सम्हालेका हुन् ।
नेपाल सरकारको मिति २०७४ असोज २३ गतेको मन्त्रिपरिषद बैठकले साउदलाई आगमी चार बर्षीय कार्यकालका लागि नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।