Nepal Life Insurance

KNOW YOUR COMPANY : एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहीबार १४:५९

सागर चन्द

बीमा न्युज
असोज २६, काठमाडौँ ।
वि.स २०४८ सालमा स्थापना भई २०५१ देखी निर्जीवन बीमा व्यवसाय गर्दैआईरहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी बीमा कम्पनी हो । लक्ष्मी बैंकको करिब १५ प्रतिशत शेयर लगानी रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७२/७३ सम्ममा १० करोड १२ लाख ५० हजार चुक्ता पूँजी रहेको छ । कम्पनीले आर्थिक बर्ष २०७४/७५ भित्रै चुक्ता पूँजी १ अर्ब पु¥याउन १ बराबर ६ हकप्रद शेयर जारी गर्ने योजना पनि सार्वजनिक गरिसकेको छ । कम्पनीले गत अषाढ २३ गते सार्वजनीक गरेको प्रतिवेदन अनुसार आ.व ७२/७३ मा जगेडा कोष अन्र्तगत ८ करोड ६७ लाख ८३ हजार ९ सय १४ रुपैयाँ रहेको छ । महा—विपत्ति कोषमा २७ लाख ५३ हजार ५ सय २ रुपैयाँ रहेको छ भने बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार ३ सय ४७ रुपैयाँ रहेको छ ।

बीमा शुल्क, बीमालेख

कम्पनीले आ.व ७२/७३ मा ५ करोड ३१ लख ४० हजार ६ सय ४३ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक बर्ष (७१/७२)मा ४ करोड ३३ लाख ९७ हजार ३० रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले आ.व ७२/७३मा ३ करोड ५८ लाख ७८ हजार ८ सय ९१ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ७ करोड ११ लाख १९ हजार ४ सय २० रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । आ.व ७१/७२मा कम्पनीले संकलन गरको खुद बीमाशुल्क भन्दा २ करोड ७७ लाख २२ हजार ३ सय ९० रुपैयाँ धेरै दावी भुक्तानी गरेको देखिन्छ ।


आर्थिक बर्ष ७२/७३ मा कम्पनीसंग सबैभन्दा धेरै ६ हजार ८सय ५९ मोटर बीमालेख रहेका छन् । जसको कुल बीमाकं रकम करिब ४ अर्ब हुन आउँछ । कम्पनीले करिब ७ हजार मोटर बीमालेख जारी गर्दा ३ करोड २३ लाख ७९ हजार ४ सय ९१ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यसैगरि मोटर बीमा अन्र्तगत कम्पनीले २ करोड ५५ लाख ७५ हजार ३ सय ५२ रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आ.व मा कम्पनीसंग ५ हजार २ सय १६ मोटर बीमालेख कायम थिए ।
त्यसैगरि कम्पनीसंग सबैभन्दा थोरै ३ सय २९ इन्जिनीयरीगं बीमालेख रहेका छन् । जसको कुल बीमाकं रकम ८ अर्ब ६२ करोड ६१ लख १ हजार ३९ रुपैयाँ हुन आउँछ । इन्जिनियरीगं बीमाबाट कम्पनीले १४ लाख ३५ हजार ५ सय ७६ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ भने ६९ हजार ८ सय ६८ रुपैयाँ खुद दावी भुत्तानी गरेको छ । अघिल्लो आ.व मा इन्जिनीयरीगं बीमालेखको संख्या २ सय ६ वटा रहेको थियो ।
आ.व ७२/७३मा कम्पनीसंग कुल १४ हजार ३ सय ५१ बीमालेख कायम रहेका छन् । जसको कुल बीमाकं रकम ४५ अर्ब ४१ करोड ६८ लाख ८९ हजार १ सय ६२ रुपैयाँ हुन आउँछ । जसमध्ये पूर्नबीमा कम्पनीलाई २४ अर्ब ३३ करोड ४२ लाख ५७ हजार ५ सय ५६ रुपैयाँ बीमाकं बराबरको जोखिम हस्तान्तरण गरेको छ । बाँकी बीमाकं रकमको भने कम्पनी आफैले जोखिम धारण गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीसंग ९ हजार ७सय ५४ बीमालेख रहेका थिए । जसको कुल बीमाकं रकम करिब ४० अर्ब हुन आउँछ ।

पूँजी र लगानी

आ.व ७२/७३मा कम्पनीले १६ करोड ५५ लाख ५८ हजार २ सय ३६ रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । २३ करोड २६ लाख ६३ हजार ५ सय ३४ रुपैयाँ कम्पनीले अल्पकालिन लगानी गरेको छ । १७ करोड ८६ लाख ८९ हजार ५ सय ३८ रुपैयाँ कम्पनीले बीमाशुल्क आम्दानी गरेको छ । कम्पनीले १ करोड २६ लाख ४६ हजार ४ सय ७२ रुपैयाँ विभिन्न वित्तिय संस्थाको शेयरमा लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरि कम्पनीसं २ करोड ११लाख ९६ हजार ९ सय १९ रुपैयाँ विभिन्न बैंकहरुमा मौज्दात रहेको छ ।

आम्दानी र खर्च

कम्पनीले आ.व ७२/७३मा ८ करोड १० लाख ८९ हजार ४ सय ७० रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो बर्ष ५ करोड ४२ लाख २३ हजार ८ सय ३ रुपैयाँ रुपैयाँ जम्मा आम्दानी गरेको थीयो । कम्पनीले आ.व ७२/७३मा १ करोड ८१ लख १० हजार ८ सय ९० रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले १ करोड १० लाख ५७ हजार २ सय ६१ रुपैयाँ खर्च गरेको थियो । कम्पनीले ५ करोड १६ लाख २२ हजार ९ सय २८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य विवरण

एभरेष्ट इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्कको २८.४९ प्रतिशत रकम व्यवस्थापन खर्चमा प्रयोग गर्ने गरेको छ । ७० जना पूर्णकालिन कर्मचारी रहेको कम्पनीका विभिन्न ९ स्थानमा शाखा कार्यालय रहेका छन् । कम्पनीमा आ.व ७२ ७३मा कुल कायम बीमालेखको शून्य दशमलव ४ प्रतिशत दावी परेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....