बीमा न्युज,
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेट नबढाउने हो भने स्वास्थ्य बीमा कार्यक्रम असफल हुन सक्ने स्वास्थमन्त्री गिरिराजमणि पोख्रेलले बताउनुभयो । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट सबैभन्दा ठूलो चुनौतीरहेको उहाँले बताउनुभएको हो ।
लामो कसरत पछि मंगलबार व्यवस्थापिका संसदबाट स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित भएको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री पोख्रेलले स्वास्थ्य बीमालाई अँझ प्रभावकारी रुपले अगाडि बढाउन दुई साता भित्र नै नियमावली बनाउने बताउनुभयो । तर, यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहने समेत उहाँको भनाई छ । त्यस्तै कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले विद्येयकले समितिलाई काम गर्न सहज बनाइदिएको बताउनुभयो ।
२२ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा थप तीन जिल्लामा सञ्चालन भएको छ । झापा, सुनसरी र सोलुमा बुधबार देखि बीमा कार्यक्रम सञ्चालन भएको समाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । योसँगै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको जिल्ला २२ पुगेको छ ।
समितिका अनुसार बर्दिया, रोल्पा, सुर्खेत र सिन्धुलीमा असोजको पहिलो साता नै कार्यक्रम सुरुवात भएको हो । यस अघि नै समितिले १५ वटा जिल्लामा स्वास्थ्य सेवा समेत शुरुवात गरेको छ । असोज महिनामा सञ्चालन भएका सात जिल्लामा मंसिर देखि सेवा शुरु हुनेछ । सरकारले पहिलो चरणमा नेपालका २५ जिल्लामा स्वास्थ्य बीमा सञ्चालन गर्ने लक्ष्य लिएको थियो । यद्यपी अँझै तीन वटा जिल्लामा कार्यक्रम शुरु हुन सकेको छैन । निर्वाचनका कारण महोत्तरी, रौतहट र पर्सामा कार्यक्रम सञ्चालन गर्न नसकिएको समितिले जनाएको छ ।
पढ्न छुटाउनु भयो कि ?
- के छ ? स्वास्थ्य बीमा विधेयकमा ?
- स्वास्थ्य बीमाको बजेटमा ५० करोडले कटौती
- ८६ हजार पुग्यो स्वास्थ्य बीमा गराउनेको संख्या
- स्वास्थ्य बीमा गर्नुभयो ? यसरी गर्नुहोस स्वास्थ्य बीमा
- पारित भयो स्वास्थ्य बीमा विधेयक
- स्वास्थ्य बीमा गराउनेमा चितवन अगाडि, कुल बीमा संख्यामा करिब पचास प्रतिशत चितवनमा
-
स्वास्थ्य बीमा विधेयक पारित, सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने
-
स्वास्थ्य बिमा विधेयकको पूर्णपाठ