बीमा न्युज,
असोज २७, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बोनस शेयर वितरण गर्ने भएको छ । संस्थानले ४२.११ प्रतिशत बोनस शेयर आफ्नो शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित गर्ने आगामी कात्तिक १७ गते ३० औं बार्षिक साधारणसभामा गर्ने भएको छ ।
आर्थिक वर्ष २०६३/६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११५ बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । यस आधारमा कुल ५ करोड १७ लाख २० हजार रुपैयाँको बोनस सेयर वितरण हुनेछ । संस्थानले २०५८/५९ देखि २०६३/६४ सम्मको लाभांस बितरण गर्न लागेको हो । संस्थानले बोनस सेयरमा लाग्ने कर तिर्न २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ ।
संस्थानले साधारणसभाबाट आर्थिक बर्ष २०६३/६४, २०६४/६५ र २०६५/६६ को लेखापरीक्षण भएको प्रतिवेदन पारित गर्ने, आर्थिक बर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लेखापरीक्षकको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत राखेको छ ।
कम्पनीको शेयरधनी दर्ता पुस्तिका भने कात्तिक एक गतेदेखि १७ गतेसम्म बन्द रहनेछ ।