बीमा न्युज,
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज शुक्रबार एक सुचना जारी गर्दै मुख्य व्यवस्थापक देखि सहायकसम्म गरी ३६ पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले दशौं तहको मुख्य व्यवस्थापक, नवौं तहको व्यवस्थापक, आठौं तहको सह व्यवस्थापक ( चार्टर एकाउण्टेण्ट ) र सातौं तहको नायव व्यवस्थापकका लागि एक एक कर्मचारीको माग गरिएको छ । यस्तै छैटौं तहको सहायक व्यवस्थावकको लागि खुला तथा समाबेशी गरि आठ जना, र चौथौं तहको सहायक ‘ख’ का लागि २४ जना माग गरिएको छ ।
योग्य र इच्छुक उम्मेदारले कात्तिक २३ गते भित्रमा दरखास्त पेश गर्ने सकिने कम्पनीले जनाएको छ ।