Nepal Life Insurance

रिलायवल लाईफले पनि कारोबार सुरु गर्ने

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार १०:२२

Beema News

बीमा न्युज,
काठमाडौं । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज आईतबार देखि औपचारिक कारोबार शुभारम्भ गर्दै छ । अनौपचारिक रुपमा भने कम्पनीले गत भदौ २५ गते देखि नै कारोबार गर्दै आएको थियो ।

रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका सदस्यहरू वित्तीय क्षेत्रका अनुभवी तथा विज्ञहरू समेत रहेका छन् । कम्पनीले बीमा क्षेत्रमा सर्वसाधरणहरुको सहज पहुचँ बनाउने लक्ष्य राखेको छ ।

कम्पनीको संचालक समितिमा राजु कुमार सिवाकोटि, इन्दिरा श्रेष्ठ (मास्के ), श्रीराम ढकाल, इन्द्र प्रसाद शर्मा, प्रा.डा. प्रकाश भट्टराई, गौराब अग्रवाल रहेका छन् । बीमा समिति बोर्डका पूर्व सदस्य समेत रहनुभएका सिवाकोटि कम्पनी संचालक समितिको अध्यक्ष हुनुहुन्छ । भारतवाट चार्टर आकाउन्टेन्न गर्नुभएको सिवाकोटिसँग २३ वर्षभन्दा बढिको सार्वजनिक लेखा, अडिटिङ्ग तथा विजनेश काउन्सेलरको रुपमा कामगर्नुभएको अनुभव समेत छ । उहाँ रिलाइन्स एजुकेशन नेटवर्कको संस्थापक प्रमुख तथा प्रवर्दक समेत हुनुहुन्छ । यस्तै विभिन्न कम्पनी तथा संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

 

कम्पनीले अहिले छ वटा जीवन बीमा योजनाहरू सार्वजानिक गरेको छ। कम्पनीले, रिलायबल सावधिक जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, निश्चित आवदी जीवन बीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक बीमा योजना सर्वजानिक गरेको हो ।

 

कम्पनीले गत साउन १८ गते समितिबाट सञ्चालन अनुमति लिएको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण बाबु लोहनी हुनुहुन्छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ । त्यस्तै, कम्पनीले १ अर्ब ४० करोड पूँजी कायम गरिसकेको छ । कम्पनीको कर्पोरेट कार्यलय काठमाडौको ज्ञानेश्वरमा रहको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....