Nepal Life Insurance

बैंकले रोक्यो बीमा रकम, रोकिएन बाबुरामको गाईपालन

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार १४:३३

Beema News

बीमा न्युज,
काठमाडौं । लगभग चार महिना भयो । बाबुराम कार्किले सञ्चालन गर्नुभएको ओम कृषि फर्ममा एउटा ठुलो विपत आईपरेको । त्यो क्षण कार्कीले चाहेर पनि भुल्न सक्दैनन, सकुन पनि कसरी ? आफ्नो सन्तान सरह माया गर्ने गाईहरु आगोमा जलेर खरानी भएको त्यो क्षण ।

 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका रहेको गाई फर्ममा गत असार तीन गते शनिबार विद्युत शर्ट भएर एक्कासी आगलागी भयो । आगलागि भएको दुई घण्टा सम्म पनि नियन्त्रणमा नआउँदा क्षतिको सिमा नघिसकेको थियो । एक सय २२ गाई मध्ये ९७ गाई मरे र करोडौंको क्षति भयो ।

 

करिब चार करोड लगानी भएको गाई फार्ममा तीन/ सवा तीन करोड बराबरको क्षति भएको कार्किको दाबी छ । २०६९ साल देखि सुरु गरेको ओम कृषि फार्ममा लगानी पनि बढ्दै गएको थियो । व्यवसाय विस्तार हुने क्रममा पछिल्लो समय लगानी समेत बढेर चार करोड रुपैयाँ पुगेको कार्किको दाबी छ । भक्तपुरवाट गोकर्णेश्वरको सुन्दरीजल सरेपछि व्यवसायले राफ्तार लिन थालिसकेको थियो । अझै गाईको संख्या थप गरेर आफ्नो ब्यवसाय बृहत बनाउने सोचमा थिए, उनी । अपसोच, असार तीन गतेको घटनाले उनलाई उठ्नै नसक्ने गरी थिर्चोदियो ।

 

करिब १ सय वटा गाई मर्दा समेत उनमा सफल कृषक बन्ने आँट अझै बाँकी छ !

भर्खरै व्यवसायको सिढिँ चढ्दै गर्दा  उनको सम्पूर्ण लगानी आगोले जलायो, तर पनि उनले हिम्मत हारेनन् । कार्कीको ठाउँमा अरु कोहि भएको भए साँच्चै  केहि गर्ने  आँट नै  गर्दैन थिए होलान्। हुन त उनलाई पनि सुरुमा त्यस्तै भएको थियो । अब म केहि गर्न सक्दिन् भन्ने, तर उनले जसरी पनि आफ्नो व्यवसायलाई निरन्तरता दिने प्रण गरे ।

सरकारको सहयोग, समाहलिदै व्यवसाय
घटना भएको भोलिपल्टै पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी गाई फार्ममा पुगेका थिए । घटनाको विस्तृत अवलोकन र क्षतिको अनुगमन गरेपछि सचिव जिसीले जतिसक्दो चाँडो क्षतिपूर्तिका लागि क्याविनेटमा प्रस्ताव लैजाने आश्वासन  समेत दिए ।  आश्वासन अनुरुप सरकारले चार लाख  रुपैयाँ राहत पनि उपलब्ध गरायो ।  त्यहि राहतले उनलाई मरेका गाईहरुको ब्यवस्थापन गर्न समेत पुगेन । तर पनि आफ्नो व्यवसाय  सम्हाल्दै अघि बढ्न सहयोग भने पुगेको उहाँको भनाइ छ । सरकारले आफुजस्तै अफ्ठ्यारोमा परेका किसानलाई दिने राहतले कृषि पेशामा लागेकाहरुलाई हौसला मिल्ने उहाँको अनुभव रहेको छ ।

 

कार्किले अढाई करोड हाराहारी ऋण तिर्न बाँकी छ । तैपनि उनि हिम्मतसाथ व्यवसाय व्युँताउन लागिपरेका छन् । करोडौंको क्षति हुदा पनि हरेस  खाएका छैनन् । सरकारले दिएको चार लाख रकम मरेका गाई व्यवास्थापनमा खर्चे भएपनि उनले साथीभाइ, तथा आफन्तसंगको सहयोग ऋण सापटिले फेरी गाई पालन व्यवसायलाई व्युत्तयाएका छन् । अहिले उहाँले ६० वटा गाई भारतबाट  झिकाई आफ्नो व्यवसायलाई निरन्तरता दिदै  आईरहनुभएको छ ।  करिव ७/८ लाख रुपैयाँ गाई ल्याउनको लागि मात्रै खर्च भएको उहाँको अनुमान छ ।

 

इन्स्योरेन्सको पैसा बैकंले रोक्यो 

एक सय २२ वटा गाई मध्ये ६८ गाईको इन्योरेन्सवाट कार्किलाई ६० लाख बराबरको दाबी भुक्तिानी भएको थियो । तर थोरै रकम बैकवाट सबै रकम नदिएको उहाँको गुनासो छ । ‘गाईको बीमा बापत युनाइटेड इन्योरेन्सबाट  पाएको भुक्तिनी रकम बैकंले राकेको छ । बीमा वापत आएको, सबै रकम पाएको भए सहज तरिकाले अगाडि बढ्न सकिन्थ्यो’ उहाँले भन्नुभयो ।


“सबै गाईको इन्स्योरेन्स पनि गरेका  गरेको थिईन् । युनाइटेड इन्स्योरेन्सबाट लैना र दुहुना गाईको इन्स्योरेन्स गराएको थिए । घटना भएको थाहा पाएपछि बीमा कम्पनीका कर्मचारी फार्म अवलोकन गर्न आउनुभएको थियो । त्यसपछि भुक्तिनी समेत सहज भएको थियो । बीमाको ६० लाख भुक्तिनी भएको थियो तर जनता बैकंले ( ऋण लिएको बैकं) रोकिदियो । मैले बैकलाई तिर्नुपर्ने ब्याज पनि निरन्तर तिर्दै आइरहेको  थिए । तर पनि बैकले उसको धितो नाश भएको कारण रोकिदियो । त्यो इन्सोरेन्स बापतको रकम मात्रै पाएको भएपनि मलाई आफ्नो व्यवसायलाई निरन्रतता गर्ने थप सहज हुन्थ्यो ।” उहाँको भनाइ छ ।

 

 

आगलागिवाट क्षति भएको विवरण  

  • ९७ गाईको  मृत्यु  १  सय १० काउ म्याट
  • ६ वाटको जेनेरेटरड्ड दाना ५ टन
  • २४०/४० फिटको गाईगोठ
  • ढोढ सामान्य क्षति       

यो पनि पढ्नुहोस्…

पशुपालन व्यवसायमा लागनी सुरक्षाका लागि ; पशुबीमा

पशुधन दाबी बापत साढे एक करोड भुक्तानी

कृषि बीमा बजेटमा ३ गुणाले बृद्धि

जान्नुहोस् के हो ? कृषि बीमा…

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....