Nepal Life Insurance

रिलायबल नेपाल लाइफको औपचारिक कारोबार शुभआरम्भ, करोडपति बन्ने बीमा योजना सार्वजनिक

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार २२:११

Beema News

बीमा न्युज,
असोज २९, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज आईतबारवाट औपचारीक कारोबार शुभआरम्भ गरेको छ । अनौपचारिक रुपमा गत भदौ २५ गते देखि नै कारोबार गर्दै आएको कम्पनीले आजवाट भने औपचारिक कारोबार शुभआरम्भ गरेको हो । यहिँ अवसर पारेर करोडपति बन्ने रिलायवल जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना सावधिक जीवन बीमा योजना अन्र्तगत पर्ने उच्च प्रतिफल, सुरक्षा र बचत एकैसाथ प्रदान गर्ने योजना हो ।

 

मासिक न्युनतम बीमा शुल्क आठ हजार आठ सय १७ रुपैयाँका दरले ४० वर्ष बीमा सम्म प्रिमियम भुक्तनी गरेपछि यस बीमा योजनामा सहभागि हुन पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जानकारी दिनुभयो ।

कम्पनीले अहिले छ वटा जीवन बीमा योजनाहरू मात्रै सार्वजानिक गरेका छन् । कम्पनीले, रिलायबल सावधिक जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, निश्चित आवदी जीवन बीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक बीमा योजना सर्वजानिक गरेका छन् ।

 

यस्तै बीमा शिक्षालाई विद्यालय स्तर देखिनै पाठ्यक्रमा समाबेश तयारी भएको बीमा समितिका अध्यक्ष चिरनजीवि चापागाँईले जानकारी दिनुभयो । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको औपचारिक कारोबार शुभारम्भ कार्यक्रममा संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । रिलायवल नेपालले अन्य कम्पनीसंग स्वाच्छ प्रतिपर्धा गर्दै गुणस्तरीय सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको समेत अध्यक्ष चापागाँईले बताउनु भयो ।

 

कम्पनी संचालक समितिका अध्यक्ष राजु कुमार सिवाकोटिले बीमा समितिको सल्लहा, सुझाब तथा निर्देशनमा कम्पनीलाई अझ गुणस्तरीय र परिष्कृत बनाउदै ढ्दता व्यक्तगर्नुभयो । कम्पनीको संचालक समितिमा सिवाकोटि सहित इन्दिरा श्रेष्ठ (मास्के ), श्रीराम ढकाल, इन्द्र प्रसाद शर्मा, प्रा.डा. प्रकाश भट्टराई, गौराब अग्रवाल रहेका छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ । त्यस्तै, कम्पनीले १ अर्ब ४० करोड पूँजी कायम गरिसकेको छ । कम्पनीको कर्पोरेट कार्यलय काठमाडौको ज्ञानेश्वरमा रहको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....