Nepal Life Insurance

नेप्समा निरन्तर सुधार, बीमामा २६४.७५ अंकको बृद्धि

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार १५:४४

Beema News

बीमा न्युज,
असोज ३०, काठमाडौ । केहि दिन देखि नेप्से बजार निरन्तर सुधार हुदै गइरहेको छ । आज सोमबार पनि नेप्सेमा व्यापार समुह बाहेक सबैमा सकारात्मक परिवर्तन देखिएको हो । जस मध्ये बीमा सहुममा सबै भन्दा बढि २ सय ६४ दशमलब ७५अंकले बृद्धि भएको छ ।

 

 

सोमबार बीमा समुह दुई सय ६४ दशमलब ७५ अंकले बृद्धि हुदाँ तीन दशमलब दुई प्रतिशत अंकले परिवर्तन भएर आठ हजार पाँच सय ३८ दशमलब ०५ विन्दुमा पुगेको छ । बीमा समुहको कारोबार पनि नौ करोड ७६ लाख नौं हजार नौं सय रुपैयाँ भएको छ ।

 

 

सोमबार बीमा समुहको धेरै कारोबार गर्नेमा प्रभु इनस्योरेन्सको एक करोड ९२ लाख बराबर कारोबार भएर सुचिको चौथौं स्थानमा रहेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सले प्रभुलाई पछाउदै पाँचौं स्थानमा रहको छ । जसको कारोबार एक करोड ८३ लाख बराबर भएको छ । एशियन लाइफको प्रमोटर र नेशनल लाइफको प्रमोटर शेयर पनि धेरै कारोबार हुने सुचिमा परेका छन् । यिनीहरुको क्रमश एक करोड ७८ लाख र एक करोड ६४ लाखको कारोबार भएको छ ।

 

कारोबार संख्याको आधार पनि नेपाल लाइफ एक सय ५७ पटक कारोबार भएको छ । यस्तै प्रभु इन्स्योरेन्सको पनि एक सय ५० पटक कारोबार भएर सुचिको क्रमश तेस्रो र चौथौं स्थान रहेका छन् । सोमबार धेरै कमाउनेमा एनबी इन्स्योरेन्स र सुर्या लाइफ रहेका छन् भने गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर रहेको छ ।

 

सोमबार नेप्से ४६ दशमलब ६२ अंकले सुधार हुदा १५ सय ६४ दशलमब ९० विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा एक सय ६३ कम्पनीका १४ लाख ५६ हजार छ सय ३७ कित्ता शेयरहरु चार हजार चार सय कारोबारबाट ६० करोड ५० लाख ७६ हजार दुई सय ४२ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....