बीमा न्युज,
असोज ३१, काठमाडौ । निरन्तर सुधार हुदै आएको नेप्से आज मंगलबार फेरी गिरावट आएको छ । नेप्सेमा व्यापार, हाइड्रोपावर र अन्य समुह समुह बाहेक सबैमा गिरावट देखिएको हो । जस मध्ये बीमा सहुममा सबै भन्दा धेरै ४१ दशमलब १७ अंकले घटेको छ ।
मंगलबार बीमा समुह ४१ दशमलब १७ अंकको गिरावट हुदाँ शुन्य दशमलब ४८ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार चार सय ९६ दशमलब ८८ विन्दुमा झरेको छ । बीमा समुहको कारोबार भने १४ करोड ७४ लाख ७५ हजार रुपैयाँ भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । प्रभु इनस्योरेन्सको तीन करोड बराबर कारोबार भएर सुचिको देस्रो स्थानमा रहेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सले प्रभुलाई पछाउदै पाँचौं स्थानमा रहको छ । जसको कारोबार दुई करोड २३ लाख बराबर भएको छ । लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफको पनि धेरै कारोबार हुने सुचिमा परेका छन् । यिनीहरुको क्रमश एक करोड ८४ लाख र एक करोड १८ लाखको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा प्रभु इन्स्योरेन्सको दुईसय ११ पटक कारोबार भएर सुचिको पहिलो स्थानमा छ । यस्तै नेपाल लाइफको एक सय ३२ पटक कारोबार भएर चौथौं स्थान रहेको छ । मंगलबार धेरै कमाउनेमा र गुमाउनेमा भने कुनैपनि बीमा कम्पनीहरु परेका छैनन् ।
मंगलबार नेप्से पाँच दशमलब ७२ अंकको गिरावट आउदाँ १५ सय ५९ दशलमब १८ विन्दुमा पुगेर झरेको छ । नेप्सेमा एक सय ६२ कम्पनीका १४ लाख १३ हजार चार सय ४६ कित्ता शेयरहरु पाँच हजार तीव वटा कारोबारबाट ६१ करोड २० लाख ९२ हजार चार सय ५१ रुपैँयामा किनबेच भएका छन् ।