Nepal Life Insurance

नेप्ससंगै बीमा समुह पनि ९७ दशमलब ४८ अंकले बढ्यो

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार १५:३८

Beema News

बीमा न्युज,
कार्तिक १, काठमाडौ । आज बुधबार नेप्सेमा सुधार आएको छ । नेप्सेसंगै बीमा सहुममा पनि ९७ दशमलब ४८ अंकको बृद्धि भएको हो ।

बुधबार बीमा समुह ९७ दशमलब ४८ अंकको बढ्दा एक दशमलब १५ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार पाँच सय ९४ दशमलब ३६ विन्दुमा पुगेको छ । बीमा समुहको कारोबार भने आठ करोड ३८ लाख ३३ हजार आठ सय रुपैयाँ भएको छ ।

 

बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा पाँच बीमा कम्पनीहरु रहेका छन् । चार करोड ४० ला बराबरको कारोबार भएर नेशनल लाइफको प्रमोटर शेयर सुचिको पहिलो स्थानमा रहका छन् । राष्ट्रिय बीमा कम्पनीको पनि प्रमोटर शेयर एक करोड ४६ लाखको कारोबार भएको छ । यस्तै नेपाल इन्स्योरेन्स, प्रभु इनस्योरेन्स र नेपाल लाइफको पनि एक करोड भन्दा माथिको कारोबार भएर शिर्ष कारोबार गर्ने सुचिमा पर्न सफल भएका छन् ।

 

कारोबार संख्याको आधारमा प्रभु इन्स्योरेन्सको एक सय १७ पटक कारोबार भएर सुचिको दोस्रो स्थानमा छ । यस्तै नेपाल लाइफको ८१ पटक कारोबार भएर छैटौं स्थान रहेको छ । बुधबार धेरै कमाउनेमा गुराँस लाइफ र सुर्या लाइफ रहेका छन् भने गुमाउनेमा कुनैपनि बीमा कम्पनी परेका छैनन् ।

 

बुधबार नेप्से नौं दशमलब १७ अंकको सुधार आउदाँ १५ सय ६८ दशलमब ३५ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ४५ कम्पनीका ११ लाख ११ हजार एक सय ३० कित्ता शेयरहरु तीन हजार तीन सय ३१ वटा कारोबारबाट ४३ करोड २५ लाख पाँच हजार ४० रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....