बीमा न्युज,
कार्तिक ६-काठमाडौँ ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय संञ्चालनको अनुमति पाएको छ । कम्पनीले कार्तिक १ गते बीमा समितिबाट कारोबार संञ्चालनको अन्तिम स्वीकृति लिएको हो ।
अनौपचारिक कारोबार शुरुवात गरीसकेको कम्पनीले अबको केही दिनमै औपचारिक रुपमा कारोबार संञ्चालन गर्ने बताएको छ । काठमाडौँको थापाथलीमा कर्पोरेट कार्यालय रहने कम्पनीले चालु आर्थिक बर्षभित्रमा ४० वटा शाखा विस्तारको अनुमती पनि प्राप्त गरेको छ ।
हालसम्म समितिबाट व्यवसायको अन्तिम स्वीकृती लिएका कम्पनीमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गते देखि कारोबार सुरुवात गरीसकेको छ । युनियन लाईफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले गत असोज ६ गते देखि कारोबार संञ्चालन गरिसकेका छन् । त्यसैगरि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले असोज ८ गते कारोबार संञ्चालन गरेको हो । त्यस्तै, रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले असोज २९ गते देखि कारोबार संञ्चालन गरीसकेको छ ।
यो पनि पढ्नुहोस