Nepal Life Insurance

भारतीय जीवन बीमा बजार : सरकारी कम्पनीसंग समानान्तर हुने प्रयासमा नीजी क्षेत्र

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार १४:३९

सागर चन्द

बीमा न्युज,
कार्तिक ६-काठमाडौँ ।
दक्षिण एसियामा बीमाको सुरुवात भारत बाटै भएको मानिन्छ । सन् १८१८मा बेलायती बीमा कम्पनी ओरियन्टल लाईफ इन्स्योरेन्सको भारतमा स्थापना संगै भारतमा बीमा व्यवसायको आधुनिक इतिहास सुरु हुन्छ । यद्यपी यो बेलायती कम्पनी सन् १९३४ सम्म आईपुग्दा पुर्णतया विफल भएको मानिन्छ । त्यसपछि भारतमा विभिन्न कम्पनीहरुले बीमा व्यवसाय संञ्चालन गर्न भने नखोजेका होइनन् । बेलायती साम्राज्यको अधिनस्थ रहेको भारतमा १९ औँ शताब्दीको अन्ततिर केही बेलायती बीमा कम्पनीले भने उल्लेख्य प्रगति गरेको पाईन्छ । सन् १९१४मा आएर भारत सरकारले भारतीय बीमा कम्पनीहरुको विवरण प्रकाशन गर्न सुरुवात गरेसंगै भारतिय जीवन बीमा कम्पनीको लागि बीमा ऐन १९१२को प्रारंम्भ भएको थियो । त्यसैगरि भारतमा निर्जीवन बीमाको सुरुवात भने ट्राईटन इन्स्योरेन्स कम्पनीले गरेको थियो । भारतको पहिलो निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित यो बीमा कम्पनीले निर्जीवन बीमा क्षेत्रका सबै व्यवसायहरु गर्ने अनुमति प्राप्त गरेको थियो ।

वर्तमान अवस्था

भारतीय बीमा बजार दक्षिण एसियको सबैभन्दा ठूलो बीमा बजारको रुपमा उदाँउदो छ । यहाँको आन्तरिक जीवन बीमा बजारले सन् २०१५/१६मा २०.३४ अर्ब अमेरिकी डलर प्रिमियम (बीमा शुल्क) संकलन गर्दै २२.५५ प्रतिशतको बार्षिक बृद्धीदरमा आफुलाई पु¥याएको छ । सन् २०१६मा ६८.८८ अर्ब अमेरिकी डलर बराबरको बजार रहेको भारतीय बीमा बजारलाई भारत सरकारले सन् २०२० सम्ममा २ सय ८० अर्ब अमेरिकी डलर राशिमा पु¥याउने महत्वकांक्षी योजना सार्वजनीक समेत गरिसकेको छ ।

भारतीय जीवन बीमा बजार

सन् २०१५/१६मा विश्वभर संकलन भएको कुल प्रिमियमा जीवन बीमाको हिस्सा ५५.६ प्रतिशत थियो । भारतमा जीवन बीमाले सन् २०१५/१६मा संकलन भएको कुल प्रिमियमको ७९ प्रतिशत हिस्सा ओगटेको थियो । बाँकी २१ प्रतिशत हिस्सा निर्जीवन बीमाको रहेको थियो । स्विस रे नामक संस्थाले विश्वका ८८ देशका जीवन बीमा कम्पनीलाई लिएर गरेको सर्वेक्षणमा जीवन बीमाबाट धेरै प्रिमिय संकलन गर्ने देशहरुको सूचिमा भारत १० औँ स्थानमा पर्छ । स्विस रे कै अर्को अध्ययनका अनुसार सन् २०१५मा भारतीय जीवन बीमा बजारले विश्व बीमा बजारको २.२४प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०१६को अन्त सम्म भारतमा ५४ वटा बीमा कम्पनी संञ्चालनमा रहेका छन् । जसमा २४ वटा जीवन बीमा व्यवसाय गर्ने कम्पनी छन् भने २४ वटा निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनी रहेका छन् । भारतमा स्वास्थ्य बीमा मात्रै गर्ने ५ वटा कम्पनी संञ्चालनमा छन् । भारतमा एक मात्र पुर्नबीमा कम्पनी रहेको छ ।
कुल ५४ बीमा कम्पनी मध्ये ८ वटा सरकारी स्वामित्वका बीमा कम्पनी रहेका छन् भने बाँकी ४६ वटा कम्पनी नीजी क्षेत्रको लगानीमा संञ्चालीत छन् । सरकारी क्षेत्रको लगानी रहेको एक मात्रै जीवन बीमा कम्पनी एलआईसी हो । अन्य ६ कम्पनी भने निर्जिवन बीमा कम्पनी सरकारी लगानीमा संञ्चालित छन् । त्यसैगरि भारतको एकमात्र पुर्नबीमा कम्पनी पनि सरकारी स्वामित्वमा रहेको छ ।
भारतीय जीवन बीमा कम्पनीले सन् १५/१६मा ३ लाख ६६ हजार ९ सय ४३ दशमलव २३ करोड भारतीय रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम अघिल्लो आर्थिक बर्ष २०१४/१५ को भन्दा ११.८४ प्रतिशतले बढी हो । १४/१५मा भारतीय जीवन बीमा कम्पनीले ३ लाख २८ हजार १ सय २ करोड भारतीय रुपैयाँ प्रिमियम संकलन गरेका थिए् ।
प्रिमियम संकलनमा नीजी क्षेत्रका जीवन बीमा कम्पनीले १३. ६४ प्रतिशतले बृद्धि गरे भने सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनी एलआईसी ले ११.१७ प्रतिशत बृद्धि गरेको तथ्यांकले देखाएको छ ।
कुल प्रिमियमलाई आधार मान्दा १५/१६मा सरकारी स्वामित्वको एलआईसीको बजार हिस्सा ७३.०५बाट घटेर ७२.६१ प्रतिशत हुन पुग्यो । उता नीजी क्षेत्रका जीवन बीमा कम्पनीको बजार हिस्सा २६.९५ प्रतिशतबाट बढेर २७.३९ प्रतिशत पुगेको छ । १५/१६मा भारतीय जीवन बीमा कम्पनीले २ सय ६७ दशमलव ३८ लाख नयाँ पोलिसी(बीमालेख) जारी गरे । जुन अघिल्लो बर्षको तुलनामा ३.२० प्रतिशतले धेरै हो । नीजी क्षेत्रले ६१.९२ लाख नयाँ पोलिसी जारी गरेका छन् । जारी गरिएका कुल पोलिसीमा ७.९२ प्रतिशत नयाँ पोलिसी नीजी बीमा कम्पनीका रहेका छन् । सरकारी स्वामित्वको जीवन बीमा कम्पनीले २ सय ५ दशमलव ४७ लाख नयाँ पोलिसी जारी गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा १.८६ प्रतिशतले धेरै हो ।
३१ मार्च २०१६ सम्ममा भारतीय जीवन बीमा कम्पनीको कुल चुक्ता पूँजी २६ हजार ६ सय ९१.४७ करोड भारतीय रुपैयाँ रहेको छ । जसमा नीजी क्षेत्रको २६ हजार ५ सय ९१.४७ करोड भारतीय रुपैयाँ रहेको छ भने सरकारी स्वामित्वको कम्पनीको १ सय करोड भारतीय रुपैयाँ रहेको छ ।
यसैगरि भारतीय जीवन बीमा कम्पनीले १५/१६मा २ लाख १७ हजार ६६.१० करोड भारतीय रुपैयाँ पेड प्रोफिट आर्जन गरेका छन् । यो रकम कुल बीमाकं रकमको ५४.९९ प्रतिशत हो । समग्रमा भारतीय जीवन बीमा कम्पनीले सन् १५/१६मा ७ हजार ४ सय १४.९७ करोड भारतीय रुपैयाँ मुनाफा आर्जन गरेका छन् । यसैगरि भारतीय जीवन बीमा कम्पनीको केही बर्षयता देखिरहेको घट्दो शाखा विस्तारमा १५/१६मा केही सुधार देखिएको छ । १४/१५मा २४ वटा जीवन बीमा कम्पनीका कुल ११ हजार ३३ शाखा थिए भने १५/१६मा यो संख्या बढेर ११ हजार ७१मा पुगेको छ । यसलाई खासै ठूलो बृद्धि भन्न नसकिएपनि सन् १२/१३ सम्म देखिएको शाखा कटौती गर्ने प्रचलनको भने अन्त भएको छ । ११ हजार ७१ शखा कार्यालयमा सबैभन्दा धेरै सरकारी स्वामित्वको बीमा कम्पनी एलआईसीका ६ हजार १ सय ७९ वटा शाखा रहेका छन् भने बाँकी २३ वटा नीजी क्षेत्रका कम्पनीका ४ हजार ८ सय ९२ वटा शाखा रहेका छन् ।
जीवन बीमा क्षेत्रमा लगानीको अवस्था नियाल्ने हो भने, सन् २००३मा रहेको ११.५ अर्ब अमेरिकी डलर लगानीमा सरकारी क्षेत्रको ९८ प्रतिशत लगानी थियो । जसमा निजी क्षेत्रको २ प्रतिशत मात्रै लगानी थियो । तर सन् २०१६ सम्म आइपुग्दा भने अवस्थामा धेरै परिवर्तन नभए पनि निजी क्षेत्रको लगानीमा भने केही बृद्धि भएको छ । हाल भारतीय जीवन बीमा व्यवसायमा रहेको ६१.७८ अर्ब अमेरिकी डलर लगानीमा निजी क्षेत्रको लगानी २७.८४ प्रतिशत रहेको छ । बाँकी ७२.१६ प्रतिशत अझै सरकारी स्वामित्वमा रहेको छ ।

भारतीय जीवन बीमा बजार सन् २०१६/१७ मा १२ देखि १५ प्रतिशत बृद्धि हुने अनुमान पनि गरिएको छ । चालु आर्थिक बर्षमा जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलनमा १२ देखि १५ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।


यो पनि पढ्नुहोस

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....